
हुम्ला । सर्केगाड गाउँपालिका–१ कर्णाली करिडोरको कच्ची सडकका कारण यात्रुले सधैँ सास्ती खेप्नुपरेको छ ।
हिउँदयाममा सुक्खा पहिरो र वर्षायाममा पहिरो जाँदा त्यो सडकखण्डमा यात्रुले समस्या भोग्दै आएका छन् ।
नेपालगञ्ज, सुर्खेत लगायतका शहरबाट ठूला मालबाहक ट्रकदेखि यात्रु बोकेका सवारीसाधन दैनिक ओहरदोहर गरिरहन्छन् । कच्ची सडकका कारण सवारीसाधन दिनहुँ बिग्रदा पनि थप सास्ती हुने गरेको छ । धुलाम्मे सडकका कारण हुम्लाबाट कालीकोटसम्मको यात्रामा यात्रुले बडीजसो सास्ती खेप्नु परिरहेको यात्रु रमिता शाहीले बताउनुभयो ।
कर्णाली करिडोरको हुम्लादेखि खुलालुसम्मको १३२ किलोमिटर सडकमा बढी समस्या हुने गरेको छ । कतिपय क्षेत्रमा ढुङ्गा बिछ्याएर सवारीसाधन सञ्चालनमा ल्याउनुपर्ने अवस्था छ । यो क्षेत्रमा खाना बस्नसमेत समस्या हुनेगरेको छ ।
नेपालगञ्जबाट सिमकोट पुग्नुभएकी बाँचु महतले भन्नुभयो– ‘कतै सुक्खा पहिरो खस्ने त कतै धुलाम्मे सडकले यात्रा कठिन भयो । केही ठाउँमा सडक फराकिलो भए पनि अधिकांश ठाउँमा यातायातका साधन ओहरदोहर गर्न समस्या छ ।’
कालीकोटको सान्नी घाट, रास्कोट, बाजुराको जगन्नाथ गाउँपालिका क्षेत्रको धुलाम्मे सडकमा यातायातका साधनलाई वारपार गर्न समस्या हुँदा यात्रुहरु मिलेर धुलो पन्छाउने र ढुङ्गा बिछ्याउने कार्य गरेर यात्रा गर्ने गरेका छन् ।
यहाँ सडक स्तरोन्नति गर्न जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले किन दिइन् राजीनामा ?
- चलचित्र विधेयक संसदमा पेश हुने
- अब निषेधित क्षेत्रमै प्रदर्शन गर्छौं : राजेन्द्र लिङ्देन
- कोरलामा व्यापारिक चहलपहल बढ्यो
- ‘द्वन्द्वकालका जघन्य अपराधलाई माफी दिन सकिँदैन’
- आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री ऐन २६ वर्षपछि कार्यान्वयनमा
- हुम्लामा अत्यधिक वर्षा, पहिरोले २६ बाख्रा पुरिए
- उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
- बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- ‘जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्’