+

भारतीयलाई नागरिकता सिफारिस नदिँदा पर्सामा वडा कार्यालय तोडफोड

काठमाडौँ । भारतीयलाई नागरिकता सिफारिस नदिँदा पर्सामा वडा कार्यालय तोडफोड भएको छ । मंगलबार राति ५ र ६ जनाको समूह सखुवा प्रसौनी गाउँपालिका ४ को कार्यालय तोडफोड गरेको हो ।


गाउँपालिका अध्यक्ष जसवन्त यादवले एक जना भारतीय नागरिकलाई नागरिकता सिफारिस नगरिदिएको झोकमा तोडफोड भएको हुन सक्ने बताउनुभएको छ । एक जना भारतीय नागरिकलाई नागरिकताको सिफारिस गर्न वडाध्यक्ष ज्यूमाथि दबाब आएको भन्ने सुनेको छु’ उहाँले भन्नुभयो– भारतीय नागरिकलाई कसरी सिफारिस दिन सकिन्छ र ? वडाध्यक्ष ज्यूले ती व्यक्तिहरूमाथि मुद्दा दिने तयारी गरिरहनु भएको जानकारी पाएको छु ।’

अध्यक्ष  यादवका अनुसार  वडा कार्यालयभित्र प्रवेश गरी कुर्सी, टेबल, पंखा, दराज लगायतका सामग्री तोडफोड भएको छ । ‘कार्यालयको ताला फोडेर अफिसियल काजगात चोरी गरेर लगेको देखिन्छ । कार्यलायभित्र रहेका दराज, टेबल, पंखा, कुर्सी लगायत सामग्री तोडफोड भएको छ’ उहाँले भन्नुभयो– ‘ तोडफोड गर्ने समूहमाथि किटानी जाहेरी दिने तयारी भइरहेको छ ।’

वडाध्यक्ष आरिफ अन्सारीले रातिको समयमा प्रवेश गरेका ५ र ६ जनाको समूहले १२ वटा कुर्सी, ३ वटा दराज तोडफोड गर्नुका साथै लेटरप्याड, छाप र ल्याप्टप चोरी गरेर लगेको बताउनुभएको छ । ‘६ महिनादेखि एक जना भारतीय नागरिकलाई नागरिकताको सिफारिस  दिन दबाब आइरहेको थियो,  सिफारिसका लागि ममाथि विभिन्न धाकधम्की आइरहेको थियो’ उहाँले भन्नुभयो– तिनै समूहले राति तोडफोड गरेका हुन् । उनीहरूविरुद्ध मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पर्सा पुगेको छु ।’

वडा कार्यालय तोडफोडबारे जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको पर्साका एसपी गौतम मिश्रले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै