+

एकीकृत समाजवादीद्वारा आन्दोलनका कार्यक्रम र कार्यतालिका संशोधन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले यसअघि घोषणा गरेको आन्दोलनका केही कार्यक्रम र कार्यतालिका संशोधन गरेको छ । 


पार्टी महासचिव घनश्याम भुसालले आज मातहतका पार्टी कमिटीलाई ‘जरुरी’ परिपत्र जारी गर्दै आन्दोलनका कार्यक्रम संशोधन गरिएको जनाकारी गराउनुभएको हो । 

एकीकृत समाजवादीले ‘सुशासन र रोजगारी समाजवादीको तयारी’ भन्ने नाराका साथ पहिलो चरणको आन्दोलन चैत १ गतेबाट वैशाख २२ सम्मका लागि  सार्वजनिक गरेको थियो । त्यसअन्तर्गत कतिपय कार्यक्रम भैसकेका छन् । 

महासचिव भुसालका अनुसार संशोधित आन्दोलनका कार्यक्रम अनुसार वैशाख १० गते सङ्घीय सरकारलाई मागपत्र पेस गर्ने, वैशाख १४ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा प्रदेश र जिल्लाका मागपत्र बुझाउने र वैशाख २२ र २३ गते पालिका र वडा कार्यालयहरूमा मागपत्र बुझाउने रहेका छन् । 

यसअघि सो पार्टीले सार्वजनिक गरेको कार्यक्रमअनुसार वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेस गर्ने रहेको थियो भने वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो । 

त्यस्तै वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापन पत्र पेस गर्ने कार्यक्रम राखेको थियो । सो पार्टीले वैशाख २५ गते दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका भने यथावत् राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै