+

आज ८ औँ दिन पनि शिक्षकहरूको प्रदर्शन जारी

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले आज आठौँ दिन पनि प्रदर्शन जारी राखेका छन् । उनीहरू आजपनि बिहानैदेखि सडकमा उत्रेर विरोध प्रदर्शन गरिरहेका छन् । 


सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारको ध्यान नदिएको भन्दै मंगलबार उनीहरूले दिउँसै टर्च बालेर प्रदर्शन गरेका थिए ।

काठमाडौँ केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेको छ । विद्यालयमा पठनपाठन बन्द गर्दै देशभरका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी भएका छन् ।

उनीहरूले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् । लामो समयदेखि सरकारले शिक्षकहरूको माग पुरा नगरेका कारण बाध्य भएर आन्दोलनमा सहभागी हुनुपरेको उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै