+

जहाजको टिकट रद्द गरेर रवि लामिछाने स्थलमार्गबाट काठमाडौँ आउँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पोखराबाट काठमाडौँका लागि हिड्नुभएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा बिहीबार ६५ लाख धरौटी बुझाएर रिहा हुनुभएका लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुन आउन लाग्नुभएको हो ।


 भोली शनिबार परेकाले उहाँ आइतबार मात्र अदालतमा उपस्थित हुनुहुनेछ ।  

लामिछाने आफैं अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले उहाँलाई परिवारको जिम्मा लगाएको थियो । उहाँ आज साढे २ बजेका  लागि काटेको जहाजको टिकेट रद्द गरेर स्थल मार्ग हुँदै काठमाडौँ आउन लाग्नुभएको छ । 

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने सहित सात जनालाई कास्की जिल्ला अदालतले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै लामिछाने सहित ७ जना अदालतमा धरौटी बुझाएर रिहा भएका छन् ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनको हिरासत बसाइपछि अदालतले तोकेको ६५ लाख धरौटी बुझाएर हिजो साँझ रिहा हुनुभएको हो । अन्य जिल्ला अदालतमा दर्ता भएका मुद्दाको प्रक्रियाका लागि स्वयं उपस्थित हुने सर्तमा कास्की अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो ।

रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले सबैलाई धन्यवाद दिँदै कानुनप्रति आफ्नो विश्वास र सम्मान रहेको बताउनु भयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै