काठमाडौँ । कैलालीको टीकापुरस्थित सरकारी जग्गा हिनामिनामा विशेष अदालतले ८७ जनालाई दोषी ठहर गरेको छ ।
विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले किर्ते कागजातका आधारमा हक हस्तान्तरण गरिएको झन्डै ७ बिघा जमिन फिर्ता हुने पनि फैसला गरेको छ ।
बिहीबारको उक्त फैसलामा दोषी ठहर भएका व्यक्तिबाट जनही १३ लाख ७ हजार ३ सय रुपैयाँ जरिवाना असुल्ने पनि उल्लेख छ ।
टीकापुर–१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्षलगायतका पदाधिकारी तथा पार्टी प्रतिनिधिको मिलेमतोमा नक्कली कागजात खडा गरी समितिको जग्गा घडेरीका रूपमा आफन्तलगायतका नाममा हक हस्तान्तरण गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष माघमा विशेषमा मुद्दा दायर गरेको थियो ।
‘कतिपय पदाधिकारीले नजिकका नातेदार भाइ, भतिजा, साला, साली, ज्वाइँ इत्यादिका नाममा जग्गा हस्तान्तरण गरेरगराएको अनुसन्धानबाट प्रमाण पेस भएको पाइन्छ,’ विशेषको फैसलामा भनिएको छ, ‘पहिले नै निवेदन दिई दाखिल खारेज नामसारी हुन बाँकी रहेका निवेदकको घडेरी प्रमाणित पत्रमा भएका अंक, अक्षर र छापसँग प्रतिवादी रहेको समितिले जारी गरेको सूचनापश्चात् पेस भएका घडेरी प्रमाणित पत्र र घडेरी प्लटको असुली पुर्जी रसिदमा भएको अंक, अक्षर र छाप विशेषज्ञको जाँच प्रतिवेदनअनुरूप मिलेभिडेको देखिन आएन ।’
अख्तियारले नक्कली रसिद बनाई गलत ढङ्गले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा उक्त समितिका अध्यक्ष, पदाधिकारी, कर्मचारी र जग्गा पाउने व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘विश्वविद्यालयका अधिकार क्षेत्रमा हस्तक्षेप नगर्ने सहमति’
- हस्तकला क्षेत्र सरकारको सँधै प्राथमिकता रहन्छ : प्रधानमन्त्री
- तिब्बतका भूकम्पपीडितलाई नेपालीद्वारा ३७ लाख सहयोग
- अरुण तेस्रो आयोजनाबाट ४ सय परिवारले मुआब्जा पाउने
- सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
- टीकापुर जग्गा प्रकरणमा ८७ जना दोषी ठहर
- बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
- पन्ध्र महिनादेखि विपिन जोशीको सकुशल फिर्तीको प्रतीक्षा
- तराईमा शीतलहर: बढ्दो जोखिममा पूर्वतयारी सुस्त
- रास्वपा सभापति लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने