+

भेनेजुएलाका राष्ट्रपति मादुरोले नयाँ कार्यकालको शपथ लिँदै

काठमाडौँ । सन् २०१३ देखि सत्तामा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले शुक्रबार तेस्रो कार्यकालका लागि शपथ लिनुहुनेभएको छ । 

बिहीबार काराकासमा सपथ ग्रहणको विरोधमा प्रदर्शनको नेतृत्व गर्नुभएकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई -यालीपछि केही समयका लागि हिरासतमा लिइएको उहाँको समूहले जनाएको छ ।

सरकारले उहाँलाई पक्राउ गरिएको भनी आएका समाचारको खण्डन गरेको छ ।

हालै, अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले जुलाई २८ मा भएको निर्वाचनमा मादाडो र एडमण्डो गोन्जालेज उरुटियालाई ‘स्वतन्त्रता सेनानी’को संज्ञा दिनुभएको छ भने उहाँहरूको सुरक्षा हुनुपर्ने बताउनुभएको छ ।  रिपब्लिकन नेता ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेख्नुभएको छ–उहाँहरूको सुरक्षा सुनिश्चित हुनुपर्छ।’

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले मादुरो सरकारविरुद्ध अलोकतान्त्रिक कार्यका लागि दण्डात्मक कदम लिँदै उहाँ र भेनेजुयलाका केही उच्च पदस्थ अधिकारीविरूद्ध प्रतिबन्ध लगाउनुभएको थियो ।

ट्रम्पको उत्तराधिकारीका रूपमा आउनुभएका जो बाइडेनले यी प्रतिबन्धलाई आंशिक रूपमा हटाउनुभएको थियो । यद्यपि, पछि बाइडेनको नेर्ततवमा नै ती प्रतिबन्धलाई पुनः लागू गरिएको थियो । ट्रम्पको अर्को कार्यकालमा यसलाई कडा बनाउन सकिने अनुमान विश्लेषकहरूले गरेका छन् ।  एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै