+

दाहाल, नेपाल र लिङ्देनबीच भेटवार्ता, संसद् अधिवेशन बोलाउन माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।


तीन नेताहरूका बीचमा शुक्रबार (आज) दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो। नेताहरूबीच संसद्को अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउनेबारे छलफल भएको बताइएको छ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकारले संसद्को अधिवेशन ठेल्दै लाने भन्ने सूचना आफूले प्राप्त गरेको बताउनुभएको थियो । यससँगै प्रमुख प्रतिपक्ष र विपक्षी दलहरूबीच संवाद भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै