
दार्चुला। भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला दार्चुला आउँदै हुनुहुन्छ । मन्त्री ज्वाला दार्चुल– तिंकर सडक अनुगमन गर्न यहाँ आउन लाग्नुभएको हो ।
तुसारपानी–कोठाधार–तिंकर सडक निर्माणमा भइरहेको कार्य प्रगतिको स्थलगत अनुगमन गर्न मन्त्री ज्वालासहित प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडू, भौतिक पूर्वाधार सचिव केशव शर्मा, सेनाको विकास निर्माण हेर्ने सहायक रथी विकास पोखरेल लगायतको टोली दार्चुला आउन लागेको हो ।
पूर्वाधारमन्त्री ज्वाला नेतृत्वको टोली बिहीबार बिहान नेपाली सेनाको एन ए ०५४ नम्बरको हेलिकोप्टरमा काठमाडौंबाट सुर्खेत हुँदै सुन्सेरा पुग्ने तालिका छ । मन्त्री ज्वाला नेतृत्वको टोलीले सुरुमा सेनाले निर्माण गरिरहेको सडक अनुगमन गर्ने तयारी रहेको छ । टोलीले सुन्सेरा र महाकाली नदी किनार क्षेत्रमा निर्माण भइरहेको सडकको हवाई अवलोकन गर्नेछ ।
व्यास गाउँपालिकाको –२ दुम्लिङ वा थिइक्षेत्रमा रहेको सेनाको क्पाम्पमा पनि अनुगमन टोली हेलिकप्टरबाट पुग्ने छ । छाङरू र तिंकर गाउँसम्मको क्षेत्रमा हवाइफन्को लगाएर टिंकर सडकको प्रस्तावित एलाइनमेन्टको समेत अवलोकन गर्ने तयारी छ ।
बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली सेनाद्वारा निर्माण भइरहेको दार्चुलाको ‘तुसारपानी–कोठेधार–टिकर’ सडकखण्डको राष्ट्रिय महत्त्वलाई ध्यानमा राख्दै उक्त सडक यथाशीघ्र निर्माण सम्पन्न गर्न आवश्यक बजेट निकासा दिन समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन