
काठमाडौँ । फिफा क्लब विश्वकप फुटबलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियाको जेदाहमा भइरहेको मंगलबारको खेलमा म्यानचेष्टर सिटीले जापानिज क्लब उरावा रेड डायमण्डलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान पुगेको हो ।
जेहास्थित किङ अब्दुलल्ह स्पोर्ट्स सिटीका भएको खेलको पहिलो हाफमा मारिउस होइब्रातेनले आत्मघाती गोल गरेपछि सिटीले अग्रता लिएको हो । दोस्रो हाफमा सिटीले दुई गोल थप्यो । माटेओ कोभासिसले ५२औं र बर्नार्डो शिल्भाले ५९औं मिनेटमा गोल गरे । त्यसले म्यानचेष्टर सिटीलाई सफलता दिलाएको हो । सिटीले उपाधिका लागि दक्षिण अमेरिकी महादेशको च्याम्पियन फ्लुमिनेन्ससँग आउने शुक्रबार खेल्नेछ । ब्राजिलियन फ्लुमिनेन्सले पहिलो सेमिफाइनलमा अल अहलीलाई २–० ले हराएर फाइनलको स्थान सुरक्षित पारेको छ ।
पहिलो क्लब बक्लब विश्वकप खेलिरहेको सिटी उपाधि जित्ने चौथो इंग्लिस क्लब बन्ने अभियानमा छ । यसअघि इंग्ल्याण्डका म्यानचेष्टर युनाइटेड, चेल्सी र लिभरपुलले उपाधि जितेका छन् । सिटीका म्यानेजर पेप ग्वार्डिओलाले यसअघि बार्सिलोना र बायर्न म्युनिखबाट फिफा क्लब विश्वकपको उपाधि जितिसकेका छन् । उनलाई तेस्रो फरक क्लबबबाट उपाधि जित्ने अवसर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन