
काभ्रेपलाञ्चोक । जिल्लाका तीन पुराना नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको बाह्रवर्ष बितिसकेको छ । सम्झौताको तीन वर्षमा आयोजना सम्पन्न गर्ने जनाइए पनि ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि काम सम्पन्न हुन नसकेपछि आयोजनाले ठेक्का तोडेर कानुनी उपचारमा लागेको जनाएको छ ।
चिनियाँ ठेकेदार कम्पनी निम्वो निङसिङ इन्टरनेशनल इङ्क नामक ठेकेदार कम्पनीलाई १२आँै पटक म्याद थप्दा पनि आलटाल गरी दिइएको समयमा काम नसकेपछि आयोजनाले कानुनी उपचारको बाटो खोजेको हो । इङ्कले सन् २०२० देखि बाँकी काम नगरको आयोजनाले जनाएको छ । “१२औँ पटकसम्म म्याद थप्दा इङ्कले काम नगरेपछि कानुनी उपचारको बाटोमा गइएको छ, अब न्यायालयले आयोजनालाई न्याय दिलाउने अपेक्षा गरिएको छ”, आयोजनाका इञ्जीनीयर राजकुमार प्रधानले भन्नुभयो । आयोजनाले उक्त कम्पनीलाई १२औँ पटक म्याद थप्दा सन् २०२० को नोभेम्बरमा सक्ने समयसीमा दिएको थियो ।
आयोजनाको सामुदायिक विकास अधिकृत कृष्णप्रसाद कायस्थका अनुसार १२औँ पटकको समयसीमामा काम सम्पन्न नभएपछि बोर्डको निर्णयबाट ठेक्का तोडिएको हो । हालसम्म आयोजनाको भौतिक प्रगति ९६ दशमलव ६० प्रतिशत सकिएको छ । आयोजना सम्पन्न नहुँदा तीन नगरका करिब ९३ हजारले खानेपानी पाउन नसकेका हुन् । उक्त आयोजनाबाट सन् २०२४ सम्ममा तीन नगरका एक लाख ४० हजार लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको छ ।
आयोजनाबाट काभ्रेपलाञ्चोकका तीन पुराना नगर बनेपा, धुलिखेल र पनौती नगरको स्थानीयका घर–घरमा २४ सै घण्टा स्वच्छ खानेपानी पु¥याउने जनाइएको थियो । सन् २०१२ डिसेम्बार १९ मा नेपाल सरकार र एशियाली विकास बैंक(एडिबी)बीच ऋण सम्झौता गरिएको खानेपानी आयोजना करिब रु एक अर्बमा सम्पन्न हुने जनाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन