+

थुनामा रहेकासँग रकम असुल्ने हवल्दार क्षेत्रीमाथि कारबाही


काठमाडौँ । विभिन्न मुद्धा अनुसन्धानका सिलसिलामा थुनामा परेका व्यक्तिसँग रकम असुल्दै आएका वृत्त, बौद्धका हवल्दार अमर क्षेत्री कारबाहीमा परेका छन् ।

विभिन्न प्रकरणमा अनुसन्धानका क्रममा हिरासतमा रहेका कैदीलाई मुद्दा शाखाका हवल्दार क्षेत्रीले रकम असुल्नैका लागि निकै सताउने गरेको खबर सार्वजनिक भएपछि प्रहरी परिसर, काठमाडौँले त्यसबारे छानविन अघि बढाएको थियो । छानविनमा हवल्दार क्षेत्री दोषी देखिएपछि उनलाई परिसरमा झिकाएर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

‘प्रहरी निष्पक्ष हुनु पर्छ । सेवाग्राहीले विनासर्त सेवा पाउनु पर्छ । दोषीमाथि कारवाही पनि पारदर्शी ढंगबाटै हुनु पर्छ’ भन्ने मान्यता राख्ने एसएसपी भुपेन्द्र खत्रीको कार्यशैली अनुसार प्रहरीले प्रहरीमाथि नै शुद्धीकरण अभियान पनि चाल्न थालेको छ । पीडीतबाट गुनासो आएपछि त्यही अभियान अन्तर्गत हवल्दार क्षेत्री कारबाहीमा परेका हुन् ।

स्रोतका अनुसार हवल्दार क्षेत्रीले हिरासतमा रहेका थुनुवालाई एकाबिहानै हिरासत कक्षबाट माथि लैजाने र विभिन्न धम्की दिँदै ुबयानमा ‘यो हालिदिन्छु, त्यो हालिदिन्छ’ु भन्दै बयानपत्र देखाएजस्तो गर्दै आफ्नो माग पूरा गर्न दबाब दिने गरेको पीडीतबाट आउन थालेपछि उनीमाथि छानविन भएको हो ।

हिरासतमा रहेका एक बन्दीको गुनासो थियो– एकदिन होइन, दुई दिन होइन, दिनदिनै एकाविहानै माथि बोलाउने अनि उही धम्की, पीतितले गुनासो गरे । भन्नुस् न त के गरौं भन्दा ठाडै शुरु हुन्छ मोलतोल । उसको माग पूरा गर्न बाध्य ।ु

बौद्ध बृत्तमा मुद्धामामिला हेर्ने शाखा अपराध अनुसन्धान शाखामा दरवन्दी भएका हवल्दार क्षेत्री रहरासतमा रहेका कैदीसँग रकम असुल्न र भागबण्डा लगाउन माहिर भएकैले होला उनी त्यहाँका हाकिमका नजरमा पनि राम्रोमा गनिन्थे । स्रोतका अनुसार कैदमा रहेकाहरुबाट रकम असुल्न नजिकैको रेष्टुरेन्टमा कैदीले भनेकै मान्छेलाई भेट्ने हवल्दार क्षेत्रीले लेनदेनका विषयमा कसैसँग कुनै कुरा गरेमा बयान बिगारिदिने र फसाई दिने धम्की दिने गरेको समाचार सार्वजनिक भएको थियो । केकति दिनु पर्ने मोलतोल, कोबाट लिने सम्मका सबै सहमतिपछि मात्र नजिकैको रेष्टुरेन्टमा चिया पिउने बहानामा हवल्दार  क्षेत्रीले कैदीले चिनाएको व्यक्तिलाई भेटेर सहमति अनुसारको रकम बुझ्ने गरेको घटना सार्वजनिक भएपछि त्यसबारे छानविन भएको हो । 

एक पीडीतले आफूले ८५ हजार बुझाउनु परेको गुनासो गरेका थिए ।  हवल्दार क्षेत्री ले शुरुमा डेढ लाख रुपैयाँबाट बार्गेनिड गरेका थिए । त्यसपछि  एक लाखमा झर्दै बाध्य भएर ८५ हजार दिनु पर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट