
जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा सिसी क्यामेरा जडान गरिने भएको छ । शान्ति सुरक्षालाई मजबुद बनाउन चन्दननाथ नगरपालिकाले बजारको मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गर्न लागेको हो ।
विमानस्थलदेखि बीचबजार, क्याम्पस लाइन र विजयजगरमा सिसी क्यामेरा जडानका लागि अहिले र ३० लाख रुपैयाँको बोलपत्र आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानले जानकारी दिनुभएको छ । सिसी क्यामेराको प्रत्यक्ष निगरानी जिल्ला प्रहरी कार्यालय जुम्लाले गर्ने भएको छ ।
नीति, कार्यक्रम तथा बजेटबाट यो आर्थिक वर्षमा ३० लाखको बजेट विनियोजित गरिएको थियो । क्रमशः अर्को वर्षका लागि पनि अर्को ठाउँमा सिसी क्यामेरा जडानका लागि बजेट पारित गरिने प्रशासकीय अधिकृत न्यौपानले भन्नुभयो –‘पछिल्लो समयमा बजारमा बढेका चोरीका घटना र शान्ति सुरक्षा कायमसँगै आपराधिक क्रियाकलाप नियन्त्रण र बढ्दो सवारी दुर्घटनाको कारण पत्ता लगाउन सिसी क्यामेरा जडान गर्न लागिएको हो ।’
आपराधिक क्रियाकलापसँगसँगै सडक दुर्घटना न्यूनीकरणका लागि पहिलो पटकमा खलङ्गा बजारका विभिन्न स्थानमा क्यामेरा जडान गर्ने तयारीमा नगरपालिका लागि परेको नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिनुभयो । बोलपत्र मूल्यांकनको केही सातापछि सकिएपछि क्यामेरा जडानको काम अगाडि बढ्ने नगरप्रमुख कठायतको भनाई छ ।
अहिले आवश्यकता अनुसार सदरमुकाम खलङ्गा बजारका चोकमा क्यामेरा जडान गरिने भएको छ । शान्ति सुरक्षा मजबुत बनाउन थप टेवा पुग्ने आशा गरिएको नगर उपप्रमुख रामदेवी खड्काले बताउनुभयो । बजार क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसी क्यामेरा जडान शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह