
काठमाडौं । युएईमा जारी एसिसी यू–१९ एसिया कपमा मंगलबार नेपालले भारतसंग प्रतिस्पर्धा गर्दैछ । सुरुवाती दुई खेलमा पाकिस्तान र अफगानिस्तानसँग पराजित भएको नेपालले मंगलबारको खेलमा भारतलाई विशाल अन्तरले पराजित गरेमा नेटरनरेटका आधारमा सेमिफाइनल पुग्ने सम्भावना जीवितै रहेको छ ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । दुबै खेलमा नेपालको ब्याटिङ अपेक्षा अनुसार रहेन ।
सिनियर टोलीबाट समेत अनुभव हासिल गरिसकेका देव खनाल र गुलशन झाको ब्याटिङ नचलेपछि नेपाल समस्यामा परेको हो । सुरुवाती दुई हारले नेपालको सेमिफाइनल यात्रा कठिन बनेको छ । तर नेपाल प्रतियोगितामा सेमिफाइनल दौडबाट बाहिरिएको भने छैन । नेपाल २ अंकका साथ सेमिफाइनल खेल्ने समिकरण बाँकी नै छ ।
पाकिस्तान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । भारत २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ । अफगानिस्तान २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल २ खेलमा अंक विहीन हुँदै पुछारमा छ ।
नेपाल सेमिफाइनल खेल्ने सम्भावना नेटरनरेट हो । पाकिस्तानलाई नेपालले पछि पार्न सक्दैन । त्यसैले नेपाल अव भारत र अफगानिस्तानलाई पछि पार्दै सेमिफाइनलमा पुग्ने समिकरण जीवितै छ । त्यसको लागि सबैभन्दा पहिला नेपालले मंगलबार भारतमाथि विशाल जित हात पार्नुपर्छ । विशाल जित हात पार्दा कम्तिमा भारतलाई नेटरनरेटमा पछि पार्नुपर्ने हुन्छ ।
नेपालको नेटरनरेट माइनस २.०२४, भारतको ०.४५४ र अफगानिस्तान ०.२०३ छ । अर्कोतर्फ मंगलबार हुने अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराउनुपर्छ । पाकिस्तानले पनि अफगानिस्तानलाई फराकिलो अन्तरले हराउनुपर्छ । जसले गर्दा नेपाल, भारत र अफगानिस्तानको अंक २–२ हुनेछ ।
समान अंक हुँदा नेपाल नेटरनरेटमा माथि रहँदै सेमिफाइनलमा पुग्न सक्छ । भारतमाथिको फराकिलो जित सेमिफाइनल खेल्न पर्याप्त हुनसक्छ । पाकिस्तानले भारतलाई ८ विकेटले हराएपछि नेपाललाई पनि फाइदा भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह