छुटाउनुभयो कि?

केराको बोटमा रोग लागेपछि किसान चिन्तित

उदयपुर ।  त्रियुगा नगरपालिकाका विभिन्न ठाउँमा केराको बोटमा रोग लागेपछि किसान चिन्तित भएका छन् । यहाँको साउने र खाँबु क्षेत्र केरा उत्पादनका उर्बर क्षेत्र मानिएको छ । तर दुई वर्ष यता केराको बोटमा विभिन्न रोग लाग्न थालेपछि उत्पादनमा कमी आएको छ । त्रियुगा नगरपालिका–१४ साउने र वडा नम्बर १५ को खाँबु, छामलिङ र अँधेरी केराको पकेट क्षेत्र मानिन्छ । केराका बोट पहेंँलीएर कुहिन थालेका छन् । 

+