
भक्तपुर। महाशिवरात्रि पर्वका लागि केदारनाथको शिर मानिने डोलेश्वर महादेवको मन्दिरमा नेपाल र भारतका विभिन्न ठाउँबाट आएका साधुसन्त एवं नागाबाबालाई दक्षिणासहित बिदाइ गरिएको छ ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथ विकास समितिले साधुसन्तलाई ‘क’ र ‘ख’ वर्गमा विभाजन गरी दक्षिणा दिएर आज बिदाइ गरेको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभएको छ ।
समितिले ‘क वर्गका १३० जना साधुसन्त एवं बाबाहरुलाई दक्षिणस्वरुप जनही एक हजार २ सय ५ रुपैयाँ र ‘ख’ वर्गका साधुसन्त एवं बाबाहरुलाई ८ सय ५ का साथै एक(एक थान धोती र कम्बल पनि दिइएको जनाएको छ ।
महाशिवरात्रिका लागि एक साता अगाडिदेखि डोलेश्वर मन्दिर आएका साधुसन्त र बाबाहरुलाई मन्दिर परिसरमै खाने, बस्ने र धुनी जगाउने व्यवस्था गरिएको थियो । महाशिवरात्रिका दिन मन्दिरमा ६० हजार दर्शनार्थीले दर्शन गरेको जानकारी दिँदै उहाँले मन्दिरमा जम्मा भएको भेटी भने केही दिनमा सार्वजनिक गरिने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह