
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष पदमा राष्ट्रिय सभा सांसद युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आइतबार अपराह्न बसेको संसदीय दल कार्यसमिति बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
७३ वर्षीय शर्मा कांग्रेस बाँकेका पूर्वसभापति हुनुहुन्छ । उहाँ २०७८ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित हुनुभएको थियो । राष्ट्रिय सभामा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुदै छ । राष्ट्रिय सभामा कांग्रेसका १६ जना सांसद छन्। राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका चुनावका लागि सोमबार मनोनयन दर्ताको कार्यक्रम छ।
राष्ट्रिय सभा अध्यक्ष पदका लागि यसअघि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आकांक्षी हुनुहुन्थ्यो । उहाँलाई सभापति देउवाले शनिबार राष्ट्रिय सभामा दलको नेता मनोनीत गर्नुभएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै सिटौला राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवार हुन अनिच्छुक हुनुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह