
काठमाडौँ । विगतको तुलनामा यस वर्ष खाद्यवस्तुको अचाक्ली मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा खाद्यवस्तुमा उपभोक्ताको ढाडै सेक्ने गरी मूल्यवृद्धि भएको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार गत माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ०१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही महिनामा यो मुद्रास्फीति ७दशमलव ८८ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ दशमलव ५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशत रहेको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क ३२ दशमलव ११ प्रतिशत, दाल तथा गेडागुडीको ११ दशमलव १५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव ७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ०६ प्रतिशत र तरकारीको ७ दशमलव ५८ प्रतिशतले बढेको छ । घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क भने १२ दशमलव ३३ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १२ दशमलव ६१ प्रतिशत, विविध वस्तु तथा सेवाको ९ दशमलव १५ प्रतिशत र शिक्षाको ७ दशमलव ३१ प्रतिशतले बढेको छ । यातायात उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क भने १ दशमलव ४१ प्रतिशतले घटेको छ ।
माघ महिनामा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ९६, तराईको ४ दशमलव ७१, पहाडको ५ दशमलव ५८ र हिमालको ५ दशमलव ४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही महिनामा त्यस क्षेत्रको यस्तो मुद्रास्फीति क्रमशः ८ दशमलव ४७, ७ दशमलव ८२, ७ दशमलव ३० र ७ दशमलव ९२ प्रतिशत रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह