
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्ले मुलुकको हित र पर्यटन प्रवद्र्धनका निम्ति सक्रियरुपमा काम गर्न पर्यटन प्रवद्र्धकलाई निर्देशन दिनुभएको छ ।
नवनियुक्त पर्यटन प्रवद्र्धकलाई आज मन्त्रालयमा नियुक्तिपत्र, परिचयपत्र र राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुहुँदै मन्त्री तामाङ्ले पर्यटन प्रवद्र्धनका साथै विदेशबाट बढी भन्दाबढी लगानी भित्र्याउने कार्यमा भूमिका खेल्न आग्रह गर्नुभयो । मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति प्रवद्र्धकको महत्वपूर्ण भूमिका र जिम्मेवारी रहेको उल्लेख गर्दैै उहाँले देश र जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो । फागुन १३ गतेको मन्त्रिस्तरको निर्णयबाट विभिन्न मुलुकमा नेपालको पर्यटन प्रवद्र्धन गर्न २९ प्रवद्र्धक नियुक्त गरेको थियो ।
प्रवद्र्धकको तर्फबाट बेलायतका लागि नियुक्त सोमनाथ सापकोटाले देशको सर्वोपरी हितलाई केन्द्रमा राखेर पाएको जिम्मेवारीलाई कुशलतापूर्व निर्वाह गर्ने बताउनुभयो । नेपालको पर्यटन प्रबद्र्धनका लागि विगतमा विभिन्न मुलुकमा नियुक्ति गरिने पर्यटन दूतलाई मन्त्रालयले यसपटकबाट पर्यटक पवद्र्धक नियुक्ति गरेको हो । सुशासन व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०६४ को पर्यटन प्रवद्र्धक कार्यविधि २०७९ को पहिलो संशोधनअन्तर्गत मन्त्रीस्तरिय निणर्य गर्दै नियुक्त गरिएको मन्त्रालयले जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह