
उदयपुर । त्रियुगा नगरपालिकाका विभिन्न ठाउँमा केराको बोटमा रोग लागेपछि किसान चिन्तित भएका छन् । यहाँको साउने र खाँबु क्षेत्र केरा उत्पादनका उर्बर क्षेत्र मानिएको छ । तर दुई वर्ष यता केराको बोटमा विभिन्न रोग लाग्न थालेपछि उत्पादनमा कमी आएको छ ।
त्रियुगा नगरपालिका–१४ साउने र वडा नम्बर १५ को खाँबु, छामलिङ र अँधेरी केराको पकेट क्षेत्र मानिन्छ । केराका बोट पहेंँलीएर कुहिन थालेका छन् । बोट नै मर्न थालेपछि आफुहरु चिन्तित बनेको छामलिङका कृषक अमेन्द्र राईले बताउनुभयो । दुई दशकदेखि केरा खेती गर्दै आए पनि पछिल्लो समय रोगका कारण घाटा बेहोर्नुपरेको उहाँ बताउनुहुन्छ ।
त्रियुगा–१४ साउनेका कृषक दानबहादुर मगरले तीन वर्षदेखि केराको बोट रोगका कारण फष्टाउन छाडेको बताउनुभयो । साउने हुबासकै कृषक देविदत्त तिमसिनाले तीन वर्ष अघिसम्म वार्षिक एक लाखभन्दा बढीको केरा बिक्री गर्ने गरिएको भए पनि पछिल्लो दुई वर्षमा ५० हजार रुपैयाँ मात्र आम्दानी भएको बताउनुभयो ।
अधिकाँश केराका बोट पहेंँलो हुने र फेद कुहिने अनी मर्ने गरेको कारण पसाएका केरासमेत मरेको छामलिङका कृषक हर्क राईले बताउनुभयो । यस क्षेत्रका अधिकाँश किसान लामो समयदेखि व्यावसायीकरुपमा केरा खेती गर्दैआएका छन् । विभिन्न विषादी तथा औषधी प्रयोग गरेपनि रोग लाग्न नछाडेको किसान बताउँछन् । कतिपय किसानले पुराना बिरुवा मासेर नयाँ लगाउन थालेका छन् । यहाँ झप्री, मर्चे, धुसुरे, मुङ्ग्रेलगायत जातका केरा उत्पादन गरिँदै आएको छ ।
जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार उदयपुरको बेलका नगरपालिका, कटारी, चौदण्डीगढी र त्रियुगा नगरपालिकामा गरेर करिब सात सय ७६ हेक्टर क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह