खेलकुद

केपी ओली कप फुटबल : चर्च ब्वाइज युनाइटेड पराजित

काठमाडौँ । केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लब ‘केपी ओली एफसी’सँग पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।