
काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरीमा संलग्न दैलेख घर भएकी मनकुमारी सिंहलाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर मनकुमारी सम्पर्कविहीन भएकी थिइन् । घटना लगत्तै सीसी क्यामरा फुटेजका आधारमा खोजीमा जुटेको प्रहरीले उनलाई काँडाघारीमा फेला पारेको हो
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, शुक्रबार दिउँसो केहिवेरका लागि शिशु समातेकी मनकुमारी त्यहाँबाट निस्किएर ट्याक्सी चढेकी थिइन् ।
प्रहरीले शुक्रबार साँझ ट्याक्सी चालकलाई समेत नियन्त्रणमा लिएर खोजी थालेको थियो । त्यसक्रममा सिंह पेप्सिकोलामा ओर्लिएर डेढ किलोमिटर हिँड्दै घरसम्म गएको खुलेको छ । पेप्सिकोलामा ओर्लिएपछि उनलाई लिन उनकी दिदी बाटोमै आएको देखिएको छ ।
काठमाडौं प्रहरीले पक्राउ परेकाहरुविरुद्ध के कसूरमा कारबाही प्रक्रिया अघि बढाउने भन्ने टुंगो लगाइसकेको छैन ।
यो पनि.....
प्रसूति गृहबाट हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला, तीनजना पक्राउ
यी हुन् प्रसूतिगृहबाट २६ दिनको शिशु चोरेर भाग्दै गरेकी महिला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग