+

ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल

काठमाडौँ । सत्तारुढ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको बताउनुभएको छ । 


बिहीबार मदन भण्डारीको ७५ औं जन्म जयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) शान्त तलाउमा डुङ्गा चलाए जस्तो सलल नबगी चुनौतीसँग लड्दै अघि बढेको विचार भएको प्रष्ट्याउनु भएको हो । 

वरिष्ठ उपाध्यक्षे पोखरेलले ओलीको सान्निध्य पाएर यो फाउण्डेशन अघि बढेको स्मरण गराए । पूर्व राष्ट्रपति विद्या भण्डारीलाई एमालेको पूर्व उपाध्यक्ष सम्बोधन गरेका पोखरेलले ओलीमाथि पार्टीभित्रैबाट अनेक आरोप लाग्दा यहि फाउण्डेशनबाट वैचारिक लडाई लडिएको उल्लेख गर्नुभयो । 

जबजको विचार शान्त तलाउमा डुङ्गा चलाए जस्तो सलल अघि बढेको होइन । यो विचार प्रतिकूलताहरूसँग जुधेर अप्ठेरा र चुनौतीहरुसँग जुधेर अघि बढेको हो’, उहाँले भन्र्नुभयो  ‘कतिपयलाई लाग्न सक्छ– जबज शान्त तलाउमा बग्दै आएको हो कि भन्नेजस्तो । तर भन्न चाहन्छु यो आँधी तुफानसँग जुध्दै, प्रतिकूलतालाई पराजित गर्दै स्थापित भएको विचार हो । जसमा मदनले अगुवाइ गर्नुभयो ।’

उनले जबजको प्रारम्भमा अनेक ढङ्गले प्रश्न उठाइएको भन्दै दक्षिणपन्थी अवसरवादी विचार भनेर आरोप लगाउँदा जुध्नुपरेको बताएका छन् । ‘जबज मदनले अघि सार्दा उहाँमाथि चौतर्फी प्रहार भएका थिए । पछिल्लो समय पनि यो विचारमाथि अनेक ढङ्गले हमला भए, पार्टीभित्रबाटै हमला र कटाक्ष गर्ने काम भए’, उहाँले भन्र्नुभयो  ‘आफूलाई जानकार भन्नेहरूबाट पनि कटाक्ष भए ।’

उहाँले जबज पार्टीहरूको जीवनमा लोकतान्त्रिकरण गर्ने विचारका रूपमा रहेको भन्दै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको जगमा मदनले जबजको विचार अघि सारेको बताउँदै जबज चटके र मौसमी विचारका लागि नल्याएको दाबी  गर्नुभएको छ । 

‘नेपालको कम्युनिस्ट आन्दोलनको सकारात्मक जग तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तथा दर्शन र आधारमा जबज बनेको हो’, पोखरेलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट