
काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतान्त्रिक व्यवस्थामा संसदमा बहुमत संख्या छ भन्दैमा जे पनि निर्णय गर्न नपाइने बताउनुभएको छ ।
कांग्रेस महामन्त्री थापाले बुधबार काठमाडौं नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभामा लोकतन्त्रमा सरकारले गर्ने विभिन्न निर्णय संसदबाट बहुमतको आधारमा पारित हुने व्यवस्था रहे पनि त्यसलाई अरुले स्वीकार गरेको छ वा छैन भन्ने विषय पनि हेरिनुपर्ने बताउनुभयो । ‘हामी निर्वाचन जित्छौं, मत प्राप्त गर्छौं, सरकार बनाउँछौं, त्यो संख्याको आधारमा हुन्छ’ कार्यक्रममा उहाँले भन्नुभयो– ‘लोकतन्त्रमा संख्याको आधारमा निर्णयगर्न पाइन्छ । हिजो पनि गरेका छौं, भोलि पनि गरौंला । तर, म सँग संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन ।’
पार्टी वा संसद् जहाँ पनि बहुमतका आधारमा निर्णय हुने भएपनि त्यो वैधानिक मात्रै नभएर वैध पनि हुन आवश्यक रहेको महामन्त्री थापाको भनाइ छ । ‘प्रत्येक निर्णय संख्याको आधारमा गरिने वैधानिक हुन्छ । पार्टीमा होला, संसद्मा होला जहाँ पनि होला’ उहाँले भन्नुभयो– ‘तर, पार्टीमा निर्णय गरेपनि मैले गरेको निर्णय बहुमतको आधारमा छ भने पनि आम पार्टी सदस्यले त्यो निर्णय स्वीकार्छ कि स्वीकार्दैन । लोकतन्त्र चल्नका लागि वैधानिक मात्रै भएर हुँदैन वैध पनि हुनुपर्छ ।’
महामन्त्री थापाले राजनीतिक दलप्रति जनविश्वास घट्दै गएको उल्लेख गर्नुभयो । ‘आजको दिनको हाम्रो मुद्दा भनेको नेपाली समाजमा चरम असन्तुष्टि छ । यो असन्तुष्टिबाट नेपाली समाजलाई बाहिर निकाल्नुपर्नेछ । कतिपय कुरा प्रायोजित छ सबै कुरा बुझ्नुपर्छ’ उहाँले भन्नुभयो– ‘महामन्त्री थापाले भने, ‘सबै कुरा बुझेर त्यसलाई सम्बोधन गरेर अघि बढ्नुपर्छ । त्यो नेपाली कांग्रेसको जिम्मेवारी हो । त्यसका लागि कांग्रेसलाई आत्मविश्वास, शुद्धता, चाहिएको छ ।’
महामन्त्री थापाले पार्टीभित्र आत्मविश्वास र शुद्धता आवश्यक परेको समेत बताउनुभएको । नेपालको राष्ट्रिय शक्ति भएको कुरा भुल्न नहुने बताउँदै उहाँले काँग्रेस चुनाव नलढेको बेलामा पनि राष्ट्रिय पार्टी भएको स्मरण गराउनुभयो । ‘ कांग्रेस पार्टीभित्र ठूलो आत्मविश्वास अहिले चाहिएको छ । नेपाली कांग्रेस पार्टीले के कुरा बिर्सिनु हुँदैन भने हामी नेपालको राष्ट्रिय शक्ति हौं । राष्ट्रिय पार्टी भनेको निर्वाचनको परिणामले निर्धारण गर्दैन,’ उनले भने, ‘चुनाव जितेर राष्ट्रिय पार्टी भइँदैन । त्यसको छुट्टै परिभाषा छ । नेपाली काँग्रेस त चुनाव नलढेको बेलामा पनि राष्ट्रिय पार्टी हो ।’
राष्ट्रको अगाडि आएको सबैभन्दा ठूलो चुनौती बुझ्ने, छाम्ने, पर्गेल्ने र सम्बोधन गर्ने तागत राख्ने र हल गरेर अघि बढ्ने पार्टी नै राष्ट्रिय पार्टी भएको महामन्त्री थापाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न