
धनुषा। गुठीको जग्गालाई लिएर जनकपुरमा उत्पन्न विवाद सहमतिमै टुंगिएको छ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति र नेपाल बार एशोसिएशन जनकपुरको विवाद सहमतिमै टुंगिएको हो। नेपाल बार एशोसिएशन र नेपाल पत्रकार महासंघद्वारा गठित उच्चस्तरीय वार्ता समितिले वार्ता तथा संवादबाट विवाद निरुपण गरिएको हो ।
महासंघले गुठी संस्थानबाट भाडामा प्राप्त गरेको ४ कठा जग्गाबाट एक कठा १ धुर पार्किंङको लागि बार एशोसिएशनलाई लिजमा दिने र बाँकी ३ कठ्ठा जग्गामा महासंघले आफ्नो बहुउद्देश्यीय कार्यका लागि उपयोग गर्ने सहमति भएको छ।
साथै विवादको समयमा भएको घटनाप्रति दुवै पक्ष दुखः व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। दुवै पक्षबीच दुई दिनभित्र एकअर्का विरुद्धका सबै कानूनी कारबाही फिर्ता लिने वा कानुन बमोजिम निस्क्रिय बनाउने समझदारी बनेको छ । एकअर्काप्रति सामाजिक सञ्जालमा आलोचनात्मक पोस्ट नगर्ने सहमति भएको छ ।
भविष्यमा पेशागत मर्यादा, सामाजिक न्याय र लोकतन्त्रको सुदृढीकरणका लागि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
मिलापत्रमा नेपाल पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा र नेपाल बार एशोसिएशन, जनकपुरका अध्यक्ष अधिवक्ता विमलकुमार मिश्रले हस्ताक्षर गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न