+

च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले  पार्टी सदस्यता खोसिए पनि आफू निरन्तर नेकपा एमालेको कार्यकर्ता भएर संघर्षरत रहने स्पष्ट पार्नु भएको छ । 

मदन भण्डारी फाउन्डेशनको हिरक जयन्ती आयोजन समितिको सम्पर्क कार्यालय उद्‌घाटन कार्यक्रममा बिहीबार बोल्दै उहाँले च्यासलले उठाएको सदस्यता सम्बन्धी प्रश्नको जवाफ समेत दिनुभएको छ । 

‘मैले सबै कुरा नजिकबाट हेरिरहेको छु । म पनि राजनीतिक दलसँग आबद्ध भएर, हामी शुरु हुँदा नेकपा एमाले भन्ने जन्मिसकेको थिएन’ उहाँले भन्नुभयो, ‘म भोजपुरमा जन्मिएको मान्छे, धनकुटामा रातो झण्डा ग्रुप भन्ने थियो । हामी त्यसको सम्पर्कमा थियौं । विस्तारै कोअर्डिनेशन केन्द्र जन्मियो । त्यो हुँदै माले भयो । माले स्थापनाको पहिलो सन्देश छर्ने काम हामीले भोजपुरमा गरेका थियौं  ।  मैले २०३७ सालमै मालेको सदस्य लिएँ, एमालेको सदस्यता लिएको नै ३५ वर्ष भयो। म अझै पनि एमालेकै कार्यकर्ता हुँ । च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु । ‘पार्टीभित्रका विकृति र विसंगतिविरुद्ध म निरन्तर लडिरहन्छु। नेपाल चन्द्रसूर्य रहुन्जेल म सक्रिय रहन्छु ।’
पूर्वराष्ट्रपति भण्डारीले  २०५० सालदेखि निरन्तर सरकारमा सहभागी हुँदै आएको एमालेले पार्टीको नीति र जनअपेक्षा अनुसार काम गर्न सके–नसकेको आत्ममूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ । ‘हिजो २०४६र४७ को आन्दोलनपछि जसरी देशमा एउटा अन्तरिम सरकार बनेको थियो, त्यो सरकारमा पनि यो पार्टीले भाग लिएको थियो । तर त्यसपछि भने चुनावबाट ५० सालपछि निरन्तर यो पार्टी नेकपा एमालले भाग लिइराखेको छ’ उहाँले भन्नुभयो  ‘सरकारमा भाग लिनु भनेको आफ्नो पार्टीको नीति र सिद्धान्तअनुसार काम गर्न हो । त्यो अनुसार हामीले काम गर्न सक्यौँ कि सकेनौँ ।’

राष्ट्रपति रहँदा देशले गौरव गर्नेगरी भूमिका निर्वाह गरेको दाबी गर्दै उनले आफू आलोचनाबाहिर नरहेको उल्लेख गर्नभयो । ‘जनताको बहुदलीय जनवादको मर्मअनुसार एमालेले काम गर्न सके कि सकेन भन्ने अब समीक्षा हुनुपर्छ,’ उहाँले भन्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट