
काठमाडौँ । थापाथलीस्थित प्रसूति गृहबाट एक शिशुको चोरी भएको छ । काभ्रेकी एक महिलाको २६ दिने शिशु चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परेको छ ।
शिशुको फालोअप चेकजाँचका लागि आएकी आमाले शिशुलाई केहीबेर समाउन दिएर रिपोर्ट लिन गएका बेला ती महिला शिशु लिएर हिँडेको प्रारम्भिक अनुमान छ । सीसीटीभीको फुटेज हेरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भुपेन्द्र खत्रीले बताउनुभएको छ । उहाँका अनुसार शिशु र शिशु लैजाने महिलाको खोजी जारी छ ।
बच्चा चोरेर भाग्दै गरेकी महिला सीसीटीभीमा भने कैद भएकी छन् । उनको तस्बिर पनि प्रहरीले सार्वजनिक गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सिद्धार्थ राजमार्ग सुचारु, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी