
काठमाडौँ । सगरमाथा आरोहण दलका सदस्य प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई शुभकामनासहित नेपाल प्रहरीको ब्यानर हस्तान्तरण गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले शेर्पालाई लैंगिक हिंसाविरूद्धको नारा सहितको ब्यानर हस्तान्तरण गर्नुभएको हो । महानिरीक्षक थापाले शेर्पालाई आरोहणको सफलताको शुभकामना व्यक्त गर्दै आरोहणमा सहयोग र सहजीकरण गर्ने विभिन्न सरकारी निकाय, सङ्घसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
कार्यक्रममा अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक रञ्जु सिग्देलले लैंगिक हिंसासम्बन्धी अभियान र आरोहण कार्यक्रमबारे संक्षिप्त जानकारी दिनुभएको थियो ।
त्यसअवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, प्रहरी नायव महानिरीक्षकहरू, ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिका प्रबन्ध निर्देशक एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘म पेरुको गोन्जालो बन्न चाहन्नँ, नेपालीहरूको लिडर बन्न चाहन्छु’
- मुद्रास्फीति ३.७५ प्रतिशत
- बागलुङमा वडा अध्यक्ष मृत भेटिए
- संघीयता खारेजीको मागसहित जनमोर्चाको आन्दोलन जारी
- काठमाडौँमा पानी पर्यो
- घरमै खाजा खाँदैगर्दा चट्याङ लागेर मृत्यु
- पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि : प्रधानमन्त्री
- भारतीयलाई नागरिकता सिफारिस नदिँदा पर्सामा वडा कार्यालय तोडफोड
- एकीकृत समाजवादीद्वारा आन्दोलनका कार्यक्रम र कार्यतालिका संशोधन
- आज ८ औँ दिन पनि शिक्षकहरूको प्रदर्शन जारी