
दाङ । यहाँका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ । किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन् । अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका छन् ।
घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका श्याम चौधरीले दुई बिघा खेतमा तोरी, मुसुरो, गहुँ र जौखेती गर्नुभएको छ । उहाँले खेत जोत्ने र बाली भित्र्याउन यन्त्र प्रयोग गर्दै आउनुभएको छ ।
‘खेतबारीमा काम गर्ने खेताला पाइँदैन, यन्त्रको सहायताले खेती गर्न सजिलो भएको छ । तोरीखेती गर्न हाते ट्र्याक्टरले खेत जोतेको हुँ । थ्रेसरले दाइँ गरेर तोरी, गहुँ र मुसुरो भित्र्याएको उहाँले बताउनुभयो । यन्त्रको प्रयोगले खेती गर्न सजिलो भएको छ’ उहाँले भन्नुभयो ।
घोराही–१७ कर्जाहीका आशाराम चौधरीले पनि थ्रेसरको प्रयोग गरेर जौ, गहुँ र तोरी दाउनुभयो । ‘खेताला लगाउँदा चार–पाँच दिन लाग्थ्यो अब थ्रेसरको सहायताले सजिलो भएको छ । थ्रेसरका माध्यमबाट कम समयमा धेरै काम हुने भएकाले किसानलाई राहत मिलेको छ’ उहाँले भन्नुभयो ।
घोराही उपमहानगरपालिकाले हाते ट्र्याक्टर, थ्रेसर, मल छर्ने मेसिन, सिँचाइका उपकरण अनुदानमा वितरण गर्दै आएको नगरप्रमुख नरुलाल चौधरले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘मागका आधारमा थ्रेसर लगायत उपकरण पालिकाले आधा सुविधामा वितरण गर्दै आएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- शिक्षकहरुले दिउँसै बत्ती बालेर खोजे सरकार
- हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा भेटिए
- जनतालाई सेवा दिएर लोकतन्त्र बलियो बनाउनुपर्छ : प्रधानमन्त्री
- बल्खुमा राप्रपाको शक्ति प्रदर्शन
- अध्यक्षमा मिश्र, महासचिवमा कोइराला अगाडि
- ‘राजतन्त्रको औचित्य छैन’
- ताप्लेजुङका चुचुरामा मानव पाइला पुग्दै
- विद्युतीय धरापमा परेर बालिकाको मृत्यु
- आज काठमाडौँका यी स्थानमा हुनेछ सवारी ‘डाइभर्सन’
- काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा आज वर्षाको सम्भावना