
डोटी । डोटीमा अनाथ बालबालिकालाई खानेबस्ने व्यवस्थासहित निःशुल्क शिक्षा प्रदान गरिने भएको छ ।
जिल्लाको बडीकेदार गाउँपालिकाले वडा नम्बर १ स्थित दुर्गा माध्यमिक विद्यालयमा देउलीमा छात्रावास सञ्चालन गरेर अभिभावकविहीन बालबालिकालाई खानेबस्ने व्यवस्थासहित निःशुल्क पठनपाठनको प्रबन्ध गरिने गाउँपालिकाले जनाएको छ ।
शैक्षिकसत्र २०८२ वैशाखदेखि सञ्चालन हुनेगरी तयारी गरिएको गाउँपालिका अध्यक्ष भैरवबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले गाउँपालिकाले पालिकाभित्र स्थायी बसोबास भएका आमा र बुबा दुवै नभएका आर्थिक रुपले विपन्न बालबालिकाका लागि निःशुल्क आवासीय सुविधासहितको पठनपाठनको व्यवस्था गरिने छ ।’
त्यसका लागि गाउँपालिकाका पाँचै वडाभित्र स्थायी बसोबास भएका कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यालय उमेर समूहका बालबालिकाले गाउँपालिकाका टुहुरा असहाय, आर्थिक रुपले विपन्न भएका विद्यार्थीका लागि आर्थिक सहायतासम्बन्धी कार्यविधि २०८१ निर्माण गरी तयारी गरिएको पनि अध्यक्ष साउदले बताउनुभयो ।
गाउँपालिकाको टुहुरा असहाय, आर्थिक रुपले विपन्न भएका विद्यार्थीका लागि आर्थिक सहायतासम्बन्धी कार्यविधि २०८१ अनुसूची १ बमोजिम सातदिने सूचना निकाली अनाथ बालबालिकाको लागत सङ्कलन पनि भइसकेको अध्यक्ष साउदले बताउनुभयो ।
गाउँपालिकाको गाउँ कार्यपालिकाबाट निर्णय गरी अनाथ बालबालिकालाई निःशुल्क पठनपाठन तथा खानबस्ने व्यवस्थाका लागि वैशाख, जेठ र असारका लागि रु चार लाख रकम विनियोजित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताउनुुभयो । बाँकी रकम आर्थिक वर्ष २०८२ को अधिवेशनबाट विनियोजित गरी व्यवस्था गरिने पनि प्रमुख प्रशासकीय अधिकृत बुढाले बताउनुभयो ।
गाउँपालिकाको शिक्षा शाखाको सहजीकरणमा अनाथ बालबालिकालाई निःशुल्क पठनपाठनका लागि पहल भइरहेको गाउँपालिका शिक्षा शाखाप्रमुुख विवेक देउवाले बताउनुभयो ।
आवासीय रुपमा सञ्चालन गर्न र व्यवस्थापन गर्नका लागि एकजना कर्मचारी गाउँपालिकाले व्यवस्था गर्ने तथा बाँकी पठनपाठनका लागि सम्बन्धित विद्यालयले गर्नुपर्ने शिक्षा शाखाप्रमुख देउवाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘राजतन्त्र ब्युँताउनु दिवास्वप्न’
- नगरकोट भ्रमण वर्षमा एक लाख पर्यटक
- शिक्षकहरुको माग सम्बोधन हुनेगरी शिक्षा विधेयक ल्याइने
- विश्वकप एशिया छनोटः नेपालसँग हङकङ् पराजित
- राष्ट्रपतिद्वारा संसद् अधिवशेन आह्वान
- सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध
- सगरमाथा क्षेत्रमा पर्यटक वृद्धिः चैतमा १२ हजार भित्रिए
- रामेछापबाट लुक्ला उडेको जहाज आकस्मिक अवतरण गर्दा त्रिभुवन विमानस्थल अवरुद्ध
- सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
- सुनसरीमा गाँजा तस्करद्वारा गोली प्रहार, तीनजना पक्राउ