+

शिक्षकहरुले दिउँसै बत्ती बालेर खोजे सरकार

काठमाडौँ । विभिन्न माग लिएर काठमाडौँमा आन्दोलनरत शिक्षकहरुले दिउँसै बत्ती बालेर सरकार खाजेका छन् । शिक्षकहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै मंगलबार दिउँसो टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका हुन् । 

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन् ।

नीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । त्यही क्रममा शिक्षकहरुले बानेश्वर–बबरमहल सडकमा भेला भएर आआफ्ना मोबाइलको टर्च बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजी समेत गरेका छन् । 

शिक्षकहरुको प्रदर्शनमा सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । उनीहरुको प्रदर्शनको कारण बानेश्वर–बबरमहल खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।






 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै