
काठमाडौँ । चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ ।
कामदा एकादशीको व्रत गर्नाले मनुष्यको मनोकामना पूरा हुने विभिन्न पुराण एवं धर्मग्रन्थमा उल्लेख गरिएको सनातन विद्वत् परिषद् नेपालका कार्यसमिति सदस्य पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिनुभएको छ ।
‘वशिष्ठ ऋषिले राजा दिलीपलाई कामदा एकादशीको माहात्म्य सर्वप्रथम सुनाउनुभएको थियो । यो विषय भगवान् श्रीकृष्णले युधिष्ठिरलाई पनि सुनाउनुभएको प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ’ उहाँले भन्नुभयो । उहाँका अनुसार कामदा एकादशी पापरुपी दाउराको भारीलाई डढाउने डढेलोको स्वरुप भएको वर्णन ती ग्रन्थमा गरिएको छ ।
रत्नपुर नाम गरेको नगरमा पति ललित गन्धर्व र पत्नी ललिता अप्सरा एकअर्कालाई प्रेम गरेर बसेका थिए । गन्धर्वको समूहमा गाना बजाना गर्ने क्रममा पति ललित पत्नी ललितालाई सम्झेर ताल, लय बिग्रियो । ललितले गीतको लय बिगारेको कुरा कर्कोटकले पुण्डरीकलाई बताएपछि श्राप दिए । फलस्वरुप ललित राक्षस भएर जङ्गलमा रहन थाले । पत्नी ललिताले थाहा पाएर चैत्र शुक्ल एकादशीमा कामदा एकादशीको विधिपूर्वक व्रत एवं पूजा, आराधना गरी पतिलाई पुरानै अवस्थामा फर्काउन सफल भएको विषय ती ग्रन्थमा उल्लेख गरिएको पण्डित देवकोटाले जानकारी दिनुभयो ।
मनुष्यले आफ्नो र अर्काको कल्याणका लागि पनि कामदा एकादशीको व्रत गर्नुपर्ने एकादशी माहात्म्यलगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस व्रतको प्रभावले मनुष्यको ब्रह्महत्या आदि पाप, पिशाचत्व र राक्षसत्व नाश भई त्रिलोकमा इच्छासिद्धि प्राप्त हुने पनि ग्रन्थमा उल्लेख गरिएको उहाँले बताउनुभयो ।
यो कामदा एकादशीको व्रतको माहात्म्य पढ्नाले वा सुन्नाले मात्रै पनि वाजपेय यज्ञ गरेको पुण्यफल प्राप्त हुने ग्रन्थमा वर्णन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘राजतन्त्र ब्युँताउनु दिवास्वप्न’
- नगरकोट भ्रमण वर्षमा एक लाख पर्यटक
- शिक्षकहरुको माग सम्बोधन हुनेगरी शिक्षा विधेयक ल्याइने
- विश्वकप एशिया छनोटः नेपालसँग हङकङ् पराजित
- राष्ट्रपतिद्वारा संसद् अधिवशेन आह्वान
- सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध
- सगरमाथा क्षेत्रमा पर्यटक वृद्धिः चैतमा १२ हजार भित्रिए
- रामेछापबाट लुक्ला उडेको जहाज आकस्मिक अवतरण गर्दा त्रिभुवन विमानस्थल अवरुद्ध
- सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
- सुनसरीमा गाँजा तस्करद्वारा गोली प्रहार, तीनजना पक्राउ