+

मातृशिशु मृत्यृदर घटाउन मुलुक सफल

काठमाडौँ । मुलुकमा मातृ र नवजात शिशु मृत्यदर घटाउन राज्यलाई सफलता मिलेको छ । हालै सार्वजनिक भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा नेपाल सरकारको सफलता उल्लेख छ । 


नेपालमा प्रतिलाख जीवित जन्ममा १४२ जना आमाको मृत्यु हुने गरेको छ । सन् २००० को तुलनामा यो ७१ प्रतिशतले कम हो । राष्ट्रिय जनगणना २०७८ मा एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने गरेको उल्लेख थियो । 

प्रतिवेदनअनुसार नवजात शिशु मृत्युदर घटेर प्रतिएक हजारमा १६.६ जना पुगेको छ । आर्थिक सर्वेक्षण २०७९/८० मा  नवजात शिशुमृत्युदर प्रतिएक हजारमा २१ रहेको थियो । सन् २०३० सम्ममा नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ प्रतिशतले झार्ने लक्ष्य छ ।

मातृ तथा नवजात शिशुमृत्युदर घटाउन उल्लेखनीय प्रगति भए पनि  प्रदेश र जिल्लाबीचका स्वास्थ्य असमानताले धेरै महिला  गुणस्तरीय प्रसूति सेवाको पहुँचबाट वञ्चित भएका प्रतिवेदनमा जनाइएको छ । 

प्रतिवेदनअनुसार सन् २००० देखि २०२३ सम्ममा मातृ मृत्युमा विश्वव्यापी रूपमा ४० प्रतिशतले कमी आएको छ । सन् २०१६ पछि सुधारको गति सुस्त भएको छ । सन् २०२३ मा २ लाख ६० हजार महिलाले गर्भावस्था वा प्रसूति हुने क्रममा जटिलताका कारण ज्यान गुमाएका छन् ।

विश्वव्यापी रूपमा मातृ मृत्युदर हरेक वर्ष करिब १५ प्रतिशतले घट्नुपर्छ तर हाल वार्षिक रुपमा यो करिब १।५ प्रतिशतले मात्र घटिरहेको प्रतिवदेनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै