+

आज काठमाडौँका यी स्थानमा हुनेछ सवारी ‘डाइभर्सन’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँको बल्खु क्षेत्रमा विरोध प्रदर्शन गर्दै छ । विभिन्न स्थानबाट र्‍याली निकाली बल्खुमा विरोध कार्यक्रम गर्ने राप्रपाको तयारी छ । 


कार्यक्रमलाई मध्यनजर गर्दै आवश्यकताअनुसार सवारीसाधनलाई ‘डाइभर्सन’को व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, खसीबजार–मकालु–कलंकी चोक–बाफल, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक–टेकु, कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा सवारी डाइभर्सन गरिनेछ ।

आवश्यक परेमा त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप हुँदै सीतापाइला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने जनाइएको छ ।

कार्यक्रममा सहभागी हुन सवारीसाधन लिएर आउनेका लागि टीयू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ) र चोभार सुक्खा बन्दरगाह, नयाँबसपार्क र सीतापाइला–बाफल सडकखण्डमा पार्किङको व्यवस्था मिलाइएको छ ।

आज नेपाल शिक्षक महासंघले पनि काठमाडौँमा प्रदर्शन गर्दै छ । माइतिघर मण्डलमा भेला भएर बानेश्वर जाने कार्यक्रम छ । माइतिघर सडकखण्डको बीचमा प्रदर्शन हुने प्रहरीले जनाएको छ ।  

सहकारी र लघुवित्तपीडितले शान्तिबाटीकामा कार्यक्रम गर्ने प्रहरीले जनाएको छ । 

यी सडकखण्डमा पनि आवश्यकता अनुसार डाइभर्सन हुनेछ । 

कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकलाई वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै