
काठमाडौँ। विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाको महत्वपूर्ण क्षेत्र स्वयम्भूलाई केन्द्रीत गरी यहाँ वरपरका दृश्यसमेत कैद गर्दै आज कलाकारले क्यान्भासमा रङ भरेका छन् ।
बीस जनाभन्दा बढी कलाकारले आज दिनभर स्वयम्भूको फेदीमा बसेर क्यानभासमा रङ भर्दै विभिन्न कलाकृति उतारे । यी कलाकर्मीकाले स्वयम्भूनाथ र त्यस वरपर बनाइएका आकर्षक संरचना तथा उपत्यका आसपासका दृश्य एउटै क्यान्भासमा अटाएका थिए ।
“आहा ! कति राम्रो स्वयम्भूनाथ”, सहभागीमध्येका ईश्वर शर्माले भन्नुभयो, “हेर न ऊ त्यो माथिको स्वयम्भू दुरुस्तै बनेको छ ।”
यहाँ उपस्थित भएका कला पारखी तथा दर्शकहरूले क्यान्भास र आर्ट पेपर हेर्दै आहा ! कति राम्रो स्वयम्भू भन्दै प्रशंसा गरेका थिए । यो अवसर आजदेखि सुरु स्वयम्भू महोत्सवले जुराएको हो । महोत्सव व्यवस्थापन समितिका सदस्य तथा उक्त कला कार्यशाला संयोजन गर्नुभएका कलाकार दिवेश प्रधानले अग्रज र नवकलाकार गरेर २० जनाभन्दा बढी चित्रकार भेला भई आज दिनभर यहाँ कला सिर्जना गरिएको बताउनुभयो । कला सिर्जनाको आजै प्रदर्शनीसमेत गरिएको छ ।
काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो स्वयम्भू । यसलाई महाचैत्य पनि भनिन्छ । यही चैत्यलाई मुख्य विषय बनाएर कलाकारले कुची चलाएका थिए । जलरङ, एक्रेलिक, तेल रङलगायत विभिन्न विधामा चित्रकारले बौद्ध स्तूप बनाएका थिए । यहाँ उपत्यकामा पानी भरिएका बेला विपस्वी बुद्ध आएर तीनपल्ट वरिपरिको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसी तपस्या गरेको किंवदन्ती छ ।
किंवदन्तीअनुसार वैैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्की ‘मन्त्र गरी दहमा रोपेका’ थिए । अर्को सालको वैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको र जसमा पञ्चरश्मिसहित स्वयम्भू महाचैत्यको उत्पत्ति भएको भन्ने गरिन्छ । संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ । काठमाडौँ उपत्यकाको स्थापना र नेपालको इतिहासमा पनि यसको ठूलो भूमिका रहेको जानकारहरू बताउँछन् ।
भगवान् मञ्जुश्रीले पनि काठमाडौँको स्थापना गर्नुअघि यही भूमिमा बसेर तपस्या गरेको भन्ने गरिन्छ । नेवारीबाट स्येँको अर्थ स्वयं, गुँको अर्थ वनबाट स्येँगु र यसै शब्दलाई पछि स्वयम्भू भनिआएको बताइन्छ । यसरी धार्मिक, सांस्कृतिक र पुरातात्विक हिसाबले पनि महत्वपूर्ण मानिने स्वयम्भूमा स्वदेशी तथा विदेशीहरू घुम्न औधी मन पराउँछन् । त्यही मेसोमा आज स्वदेशीसहित विदेश पर्यटकले कला सिर्जनाबाट थप मनोरञ्जन र जानकारी लिन पाएँ ।
आज यहाँ कलाकारका सिर्जना देखेर आगन्तुकहरू थप उत्साहित भएका थिए । अर्का कलाकार उत्तम डङ्गोलले कलाको खानी काठमाडौँ त्यसमाथि स्वयम्भू भनेपछि आफैँमा महत्वको विषय भएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- फुङलिङमा फेरि ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप,दुई जना घाइते
- स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा माओवादी केन्द्र
- उडिसाबाट काँकरभिट्टा हुँदै २० जना विद्यार्थी फर्किए
- परराष्ट्रमन्त्रीद्वारा केआइआइटी घटनाबारे उडिसा मुख्यमन्त्रीसँग टेलिफोन वार्ता
- कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु
- राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छः प्रधानमन्त्री
- पाथीभरामा यस वर्षकै बाग्लो हिमपात
- निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं : अर्थमन्त्री पौडेल
- शैक्षिक संस्थाले विद्यार्थीलाई देशभक्त र समाजप्रति उत्तरदायी बनाउन सिकाउनुपर्छ : अध्यक्ष बिजुक्छेँ
- अभिव्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम हुँदैन : प्रधानमन्त्री