
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा निर्माणाधीन केबलकारको बिषयलाई लिएर 'नो केबलकार समूह'र सुरक्षाकर्मीबीच झडप भएको छ ।
आज साँझ भएको झडपमा दुई जना गम्भीर घाइते भएका छन्। घाईते हुनेमा एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बू गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि ताप्लेजुङको तमर अस्पतालमा भर्ना गरिएको छ।
राँके जुलुसमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि झडप भएको हो ।
काफ्लेपाटीबाट फर्किएका आन्दोलनकारीको प्रदर्शनपछि कोणसभालाई विभिन्न नेताले सम्बोधन गरेका थिए । उनीहरुले केबलकार कुनै हालतमा बन्न नदिने दोहोर्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- फुङलिङमा फेरि ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप,दुई जना घाइते
- स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा माओवादी केन्द्र
- उडिसाबाट काँकरभिट्टा हुँदै २० जना विद्यार्थी फर्किए
- परराष्ट्रमन्त्रीद्वारा केआइआइटी घटनाबारे उडिसा मुख्यमन्त्रीसँग टेलिफोन वार्ता
- कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु
- राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छः प्रधानमन्त्री
- पाथीभरामा यस वर्षकै बाग्लो हिमपात
- निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं : अर्थमन्त्री पौडेल
- शैक्षिक संस्थाले विद्यार्थीलाई देशभक्त र समाजप्रति उत्तरदायी बनाउन सिकाउनुपर्छ : अध्यक्ष बिजुक्छेँ
- अभिव्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम हुँदैन : प्रधानमन्त्री