
काठमाडौँ । सूचना तथा प्रसारण विभागले लाइसेन्स र अनुमति नलिई वाकीटकीलगायतका रेडियो उपकरण आयात, बिक्री, वितरण तथा प्रयोगलाई तत्काल बन्द गर्न सूचना जारी गरेको छ ।
विभागले आज सूचना जारी गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नियमानुसार लाइसेन्स लिएर मात्र त्यस्तो कार्य गर्न गराउन सम्बन्धित सबैलाई जानकारी गराएको छ । लाइसेन्स नलिएमा प्रचलित कानुनबमोजिम कारबाही हुने विभागले जनाएको छ ।
विभागका महानिर्देशक प्रदीप परियारले पछिल्लो समयमा सामाजिक सञ्जाल, फेसबुक, अनलाइन प्रयोग गरेर अनुमति नलिई वाकीटकी, जिपीएस ट्र्याक लगायत रेडियो उपकरण अवैध बिक्री वितरण भइरहेको गुनासो आएकाले कानुन पालना गराउन सूचना जारी गरिएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन