
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले माल्दिभ्सलाई समृद्ध पर्यटन उद्योगका बाबजुद आफ्नो समस्याग्रस्त अर्थतन्त्रलाई बचाउन ‘तत्काल र बलियो’ वित्तीय सुदृढीकरणको आवश्यकता रहेको चेतावनी दिएको छ ।
उच्च श्रेणीको हिन्द महासागरीय छुट्टी गन्तव्य (होलीडे डेस्टिनेसन) ले सन् २०२५ मा आफ्नो अर्थतन्त्र पाँच प्रतिशतले बढ्ने अपेक्षा गरेको छ तर आइएमएफले यो सुनौलो पूर्वानुमानले सम्भावित चुनौती लुकाएको चेतावनी दिएको छ ।
‘पूर्वानुमानको वरिपरि ठूलो अनिश्चितता छ र जोखिमहरू नकारात्मक दिशामा झुकेका छन्’ वासिङ्टनस्थित अन्तिम सहाराको ऋणदाताले मङ्गलबारको विज्ञप्तिमा भनेको छ– ‘थप तत्काल र बलियो वित्तीय सुदृढीकरणको आवश्यकता छ । अत्यधिक खर्च रोक्न समग्र खर्चलाई युक्तिसङ्गत बनाउनु आवश्यक छ ।’
यो सानो देशले गत वर्षको अन्त्यमा आइएमएफको राहत ऋणलाई अस्वीकार गरेको थियो र राष्ट्रपति मोहम्मद मुइज्जुले ५० प्रतिशत तलब कटौतीको घोषणा गरेर सरकारले गम्भीर खर्च कटौतीको घोषणा गरेको थियो ।
मुइज्जुले अधिकांश सार्वजनिक क्षेत्रका जागिरमा अनिवार्य १० प्रतिशत तलब कटौती पनि लागू गर्नुभएको छ ।
माल्दिभ्सले सेप्टेम्बरमा आफ्नो वित्तीय समस्या ‘अस्थायी’ भएको र सम्भावित सार्वभौम डिफल्टको चेतावनीका बावजुद उसको राहत माग्ने कुनै योजना नभएको बताएको थियो ।
आइएमएफले समग्र वित्तीय घाटा र सार्वजनिक ऋण उच्च रहने अनुमान गरेको छ र तत्काल नीति समायोजनको आह्वान गरेको छ ।
‘माल्दिभ्सले समष्टि आर्थिक स्थिरता र ऋण दिगोपनलाई तत्काल पुनःस्थापना गर्न महत्त्वपूर्ण क्षणमा यात्रा गरिरहेको छ’ आइएमएफले भन्यो ।
निर्मल सेतो बालुवा किनार र एकान्त रिसोर्ट भएको विलासी छुट्टी गन्तव्यका रूपमा परिचित माल्दिभ्स भू–राजनीतिक ‘हटस्पट’ पनि बनेको छ ।
भूमध्यरेखामा छरिएका एक हजार १९२ कोरल टापुहरू मिलेर बनेको माल्दिभ्सका लागि चीन र भारत दुई ठूला द्विपक्षीय ऋणदाता हुन् ।
बेइजिङले सन् २०२३ मा मुइज्जुको जितपछि थप कोष उपलब्ध गराउने वाचा गरेको छ । मुइज्जुले विकास कोष उपलब्ध गराउनमा ‘निस्वार्थ सहयोग’ गरेकामा चीनलाई धन्यवाद दिनुभएको छ ।
मुइज्जुलाई अक्टोबरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीमा स्वागत गर्नुभएको थियो । उहाँले टापुसमूहको सङ्घर्षपूर्ण अर्थतन्त्रलाई बलियो बनाउन आर्थिक सहयोग प्रदान गर्नुभयो ।
आधिकारिक तथ्याङ्कले माल्दिभ्सको विदेशी ऋण सन् २०२४ को पहिलो त्रैमासिकमा ३ अर्ब ३७ करोड डलर देखाएको छ । यो कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को लगभग ४५ प्रतिशत हो ।
चीनले विदेशी ऋणको लगभग २० प्रतिशत हिस्सा ओगटेको छ भने भारतको मात्र १८ प्रतिशतभन्दा कम स्वामित्व रहेको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अभिव्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम हुँदैन : प्रधानमन्त्री
- निजामती विधेयक टुंग्याउन बडूको संयोजकत्वमा उपसमिति गठन
- जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन् : महामन्त्री थापा
- पाटन स्वास्थ्य विज्ञानको बजेट र कार्यक्रम स्वीकृत
- महासचिव घनश्याम भूसालद्वारा तीन महिने आन्दोलन कार्यक्रम प्रस्ताव
- सबै धर्म र सम्प्रदायको लक्ष्य मानव सेवाः राष्ट्रपति
- माघमा ४७८ ठाउँमा आगलागी : २२ जनाको मृत्यु, ८७ घाइते
- शहीद, बेपत्ता र घाइते परिवारको उचित मूल्याङ्कन हुन्छ : प्रचण्ड
- जिडिपी अनुपातमा ४५ प्रतिशत नाघ्यो सार्वजनिक ऋण
- ज्ञानलाई देशको हितमा उपयोग गर्न प्रधानमन्त्रीको आग्रह