+

आज पनि बढ्यो नेप्से

काठमाडौँ । केही दिनदेखि उकालो लागेो  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि सामान्य अंकले बढेको छ ।


नेप्से मंगलबार ६ दशमलव १६ अंकले बढेर २ हजार ६ सय ४६ दशमलव ८४ बिन्दुमा कायम भएको हो ।

आज  ३ सय पाँच कम्पनीको एक करोड २० लाख ८१ हजार ६ सय ६ कित्ता शेयर, ६६ हजार छ सय २६ पटक खरिदबिक्री हुँदा  पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार दुई सय ९५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव २७, होटल तथा पर्यटन शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ । 

लगानी समूहको उपसूचक स्थिर देखिँदा अरु समूहका उपसूचक भने बढेका छन् । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव ६५ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ८०, जलविद्युत् शून्य दशमलव ४२, जीवन बीमा शून्य दशमलव ६७, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव ४२ र व्यापार समूह शून्य दशमलव ५९ प्रतिशतले बढेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै