+

हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर

खोटाङ ।  हलेसी तुवाचुङ नगरपालिकाले १२ कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराएको छ । नगरपालिकाको ६० तथा कृषक समूहको ४० प्रतिशत लागत साझेदारीमा प्रतिगोटा  ६९ हजार रुपैयाँ दरले खरिद गरिएको हातेट्रयाक्टर नगरभित्रका विभिन्न १२ कृषक समूहलाई उपलब्ध गराइएको हो ।

प्रविधिमैत्री कृषि प्रणाली लागू गर्ने नगरपालिकाको योजनासहित कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको नगर प्रवक्ता एवं वडा  नम्बर  ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । ‘हाम्रो नगरपालिका सुक्खाग्रस्त क्षेत्रमा पर्छ । घाँस अभावका कारण किसानले गोरु पाल्न छाडिसकेका छन्’ उहाँले भन्नुभयो– ‘खेतबारी जोत्ने गोरु भएका कारण धेरै किसानले आफ्नो खेतबारी बाँझो छाडेका छन् । बाँझो जमिनलाई सदुपयोग गर्दै प्रविधिमैत्री कृषि प्रणाली लागू गर्न विभिन्न १२ वटा कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको हो ।’

नगर प्रवक्ता गिरीका अनुसार वडा नम्बर १ बाहुनीडाँडामा एक, वडा नम्बर ४ बडहरेमा एक, वडा नम्बर ५ दुर्छिममा एक, वडा नम्बर ७ महादेवस्थानमा एक, वडा नम्बर ८ धितुङमा एक, वडा नम्बर ९ सल्लेमा एक तथा वडा नम्बर ११ राजापानीमा छवटा हातेट्रयाक्टर वितरण गरिएको छ । गोरु अभावमा खनजोत गर्न नपाएर समस्या भोग्दै आएका किसान लागत साझेदारीमै भए पनि ६० प्रतिशत अनुदान  ४१ हजार ४ सय रुपैयाँमा  ट्रयाक्टर पाएपछि हर्षित भएका छन् । 

कृषि क्षेत्रमा लगानी बढाएको  नगरपालिकाले रैथाने बाली (गहत, जुनेलो र बदाम) मा अनुदानसमेत उपलब्ध गराएको छ । धानखेती कम तथा मकै र कोदोमात्र उत्पादन हुने उक्त नगरपालिकामा गहत, जुनेलो र बदाम उत्पादन गर्ने किसानलाई उनीहरूले उत्पादन गरेको कृषि उपजका आधारमा अनुदान दिने गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै