काभ्रे । असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा सञ्चालित खानेपानी आयोजनालाई जर्मन सरकारले एक लाख युरो सहयोग गर्ने भएको छ ।
यसका लागि धुलिखेल नगरले गत कात्तिक पहिलो साता नेपालका लागि जर्मनी राजदूत डा थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनः निर्माणका लागि प्रस्ताव गरेको थियो ।प्रस्तावित विषयमा जर्मन सहयोग नियोग (जिआइजेड) मार्फत नेपालस्थित दूतावासले एक करोड ४२ लाख २५ हजार रुपैयाँ सहयोग गर्न नगर प्रमुख अशोक ब्याञ्जू र जिआइजेडका तर्फबाट तीर्थ सिन्हाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार केही दिनमै धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सहयोग रकम प्रदान गरिने नगरप्रमुख ब्याञ्जूले जानकारी दिनुभयो । उहाँका अनुसार त्यो रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनःनिर्माण गरिनेछ । बाढीपहिराले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको वडा नम्बर ३, ४, ५, ६ र ८ का उपभोक्ता तथा सदरमुकामस्थित सरकारी कार्यालयमा हालसम्म खानेपानी आपूर्तिमा समस्या रहेको छ ।
यसबीचमा क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको आंशिक पुनः निर्माणपछि नगरमा पानी वितरण भएको छ । गत दुई हप्तामा अस्थायी रूपमा क्षतिग्रस्त मुख्य स्थानमा पाइप जडान गरिएपछि धुलिखेलका उपभोक्ताको घरमा पानी वितरण थालिएको समितिले जनाएको हो । बाढीपहिरोले तीन दशकअघि देखि सञ्चालनमा रहेको त्यो आयोजनामा ठूलो क्षति पुगेको थियो ।
विशेषगरी आयोजनाको मुहान क्षेत्र पनौती नगरपालिका–१२ स्थित पालपाले गाउँका विभिन्न स्थानमा करिब दुई किलोमिटर मुख्य पाइपमा क्षति पुगेको थियो । त्यही वडाको सप्तकन्याबाट ल्याइएको खानेपानी तीन हजार दुई सय घरमा पु-याइएको थियो । समितिका अध्यक्ष कृष्णभूषण श्रेष्ठले तत्काल अस्थायी रूपमा आयोजना मर्मत गर्न हालसम्म १९ लाख ७९ हजार रुपैयाँ खर्च गरिएको बताउनुभयो ।
आयोजनाको स्थायी पुनः निर्माणका लागि करिब ३ करोड ५१ लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बिपी राजमार्ग पुनर्निर्माण गर्न साढे ९ अर्ब लाग्ने
- देशभक्त र प्रगतिशील एकजुट हुँदा प्रतिक्रियावादीहरु आतङ्कित :प्रधानमन्त्री
- म्याग्दी रत्नेचौर तोरीबारीमा टिकटक बनाउनेको लर्को
- रास्वपाद्वारा ‘संविधान संशोधन सुझाव कार्यदल’ गठन
- माघी अघि मघौटा र सिङ्गारु नाचको रमाइलो
- गोरखाबाट देश एकीकरण यात्रामा निस्कियो सेनाको टोली
- एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
- सूर्यदर्शन सहकारी ठगीः प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी
- प्रतिकूल मौसमले हवाई उडान प्रभावित
- बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसेमैदान क्षेत्र बढाइँदै