काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ ।
प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ । उहाँका अनुसार कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धाराणा बनाउने छ ।
कार्यदलमा कान्तिशिखा धिताल, डा नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा तोसिमा कार्की, डा अच्युतम लामिछाने र मेघ आले रहनुभएको छ । कार्यदलले सात वटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक त्यही प्रदेशका पार्टी सभापति रहनेछन् ।
यसैबीच रास्वपाको केन्द्रीय समितिको दोस्रो दिनको बैठक स्वयम्भूस्थित स्टार भेन्यूमा जारी छ । दोस्रो दिनको बैठकमा संविधान परिमार्जन र प्रस्तावनाको व्याख्या एवं सर्वाङ्गीण विकासको भावी कार्यदिशाबारे छलफल गरिने कार्यवाहक प्रवक्ता झाले बताउनुभयो ।
पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा आगामी कार्यदिशा र कार्यक्रम तालिकामा छलफल हुने जनाइएको छ । यस्तै पार्टीको केन्द्रीय समिति, सल्लाहकार समिति, सल्लाहकार परिषद् एवं केन्द्रीय विभागको पुनःसंरचनामा छलफल गरिनेछ ।
बैठकले पार्टीको बैठक सञ्चालन कार्यविधि संशोधन र आचारसंहितामासमेत छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
- क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा राजीनामा
- नेपाल-तिप्बत सिमानामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
- एमाले केन्द्रीय कमिटी बैठक आज पनि
- रविका वकिलहरूको दाबी : पूरक अभियोग खारेज हुनुपर्छ
- कुलमानलाइ हटाउन दबाब बढाउँदै सरकार
- आजको मौसम : पश्चिम तराईका कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
- पशुपतिनाथमा आज धनुर्मास पूजा गरिँदै
- सर्वोच्चद्वारा थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
- निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ :राष्ट्रपति