पाँचथर । मुख्य मुहान क्षेत्रमा बाढीपहिरोले क्षति पु-याई खानेपानी अवरुद्ध बनेपछि फिदिम खानेपानी योजनाले पाँच मुहान थपेर खानेपानी वितरण गरेको छ । पाँच मुहानको पानी थपेपछि अब फिदिमका उपभोक्ताले सहजै खानेपानी पाउन थालेका छन् ।
उपभोक्ता समितिले महभिरबाट दुई मुहानको पानी केही समयअघिदेखि वितरण गर्न थालेको हो । साढे पाँच किलोमिटर दूरीबाट एक करोड १६ लाख रुपैयाँको लागतमा दुई नयाँ मुहानबाट पानी ल्याइएको हो । यस्तै नाम्दु खोलाका दुई नयाँ मुहानबाट साढे सात किमी पाइप लाइन विस्तार गरी खानेपानी ल्याइएको छ । यसैगरी सिस्ने खोलाको मुहानबाट साढे ६ किमी पाइप लाइनमार्फत नयाँ मुहान थप गरिएको छ ।
नयाँ मुहानबाट खानेपानी ल्याउन सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन योजना कार्यालय इलाम र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरले बजेट तथा पाइप उपलब्ध गराएको समितिका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिनुभयो । सरकारी कार्यालयका अतिरिक्त सिङ्गापुरमा रहेका यहाँका नागरिकबाट प्राप्त सहयोग, समितिले देउसीभैलोबाट सङ्कलन गरेको रकम, देशविदेशबाट अन्य सहयोगीले पठाएको रकम तथा श्रमदानबाट संरचना निर्माण गरी नयाँ मुहान थप गरिएको हो । ६ करोड ५१ लाख रुपैयाँलागतमा नयाँ मुहान थप गरी सदरमुकाम क्षेत्रका तीन हजार घरधुरीमा खानेपानी वितरण गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।
पहिरोले फिदिम खानेपानीका मुख्य मुहान तिप्तावा र आप्तावा खोला क्षेत्रका संरचना तथा पाइप लाइनमा क्षति पु¥याएको थियो । गत असोज १२ गते आएको बाढीपहिरोले तिप्तावा खोला मुहानमा छ सय ५० मिटर पाइप लाइन, कलेक्सन चेम्बरलगायत संरचनामा क्षति भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । यस्तै, अर्को मुख्य मुहान आप्तावा खोलामा पाँच सय मिटर पाइप लाइन तथा एक सय मिटर लामो ट्रस्ट पुल बगाएपछि यहाँबाट आउने पानी असोजयता अवरुद्ध छ ।
पहिरोले यी मुहानबाट ल्याइएको पाइप लाइन तामाङडाँडा, शेर्माभिर र महभिरका दुई स्थानमा क्षति पु¥याएको छ । ‘ ६ करोड रुपैयाँको लागतमा मात्र पुनर्निर्माण सम्पन्न हुने प्राविधिक प्रतिवेदन आएको छ’ अध्यक्ष गुरुङले भन्नुभयो– ‘समितिबाट आप्तावा मुहानको पानी ल्याउन नसके पनि तिप्तावाबाट पानी ल्याउने प्रयास थालिएको छ ।’
समितिले विभिन्न १४ मुहानबाट पानी ल्याउन थालेको छ । जसमध्ये पाँचवटा नयाँ हुन् । ६ वटाबाट मुहानबाट हाल पानी ल्याउन नसकिएको अध्यक्ष गुरुङको भनाइ छ । फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले हाल दुई हजार नौ सय ९५ परिवारलाई खानेपानी वितरण गर्दैआएको छ । सत्र लाख लिटर पानी हुँदामात्र सबै धारामा पानी पुग्ने समितिले जनाएको छ । समितिमा १४ जना कर्मचारीले काम गर्दै आएका छन् । समितिले उपभोक्ताका धारामा २४सै घण्टा पानी उपलब्ध गराउने प्रयास भइरहेको जनाएको छ । अहिले विभिन्न क्षेत्रका धारामा फरक–फरक समयमा खानेपानी वितरण गरिँदै आएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरका प्रमुख देवनाथ यादवका अनुसार गत असोज १२ गते आएको बाढीले जिल्लाका एक सयभन्दा बढी खानेपानी योजनामा क्षति पु¥याएको छ । त्यसमध्ये फिदिम खानेपानीमा सबैभन्दा बढी क्षति पुगेको छ । ‘तीन महिनादेखि फिदिम खानेपानीको पुनर्निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग गरिरहेका छौँ’ उहाँले भन्नुभयो, ‘तर अहिलेसम्म प्राप्त भएको छैन ।’
समितिका सचिव कमल बाँस्कोटाका अनुसार रानीटार र लुङरुपामा पर्ने मुख्य मुहानबाट एक दशकअघि २७.५ किलोमिटर पाइप लाइनमार्फत खानेपानी ल्याई वितरण थालिएपछि मात्र फिदिममा खानेपानीको समस्या हल भएको थियो ।
१७ करोड १४ लाखमा निर्माण गरिएको आयोजनाले नगर विकास कोषबाट लिएको १२ करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
- क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा राजीनामा
- नेपाल-तिप्बत सिमानामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
- एमाले केन्द्रीय कमिटी बैठक आज पनि
- रविका वकिलहरूको दाबी : पूरक अभियोग खारेज हुनुपर्छ
- कुलमानलाइ हटाउन दबाब बढाउँदै सरकार
- आजको मौसम : पश्चिम तराईका कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
- पशुपतिनाथमा आज धनुर्मास पूजा गरिँदै
- सर्वोच्चद्वारा थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
- निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ :राष्ट्रपति