
झापा । नाट्य क्षेत्रमा दमकलाई चिनाउने उद्देश्यले दमक–९ स्थित कदम नाट्यघरले काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल (किम्फ) आयोजना गर्ने भएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा नाट्यघरका अध्यक्ष हेमन्त बुढाथोकीले माघ ५ र ६ गतेसम्म हुने किम्फ चलचित्र महोत्सव भव्य रूपले सम्पन्न गर्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभएको छ ।
आयोजक संस्था कदम नाट्यघरका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक बुढाथोकीले महोत्सवमा १४ वटा लामा तथा छोटा वृत्तचित्र र कथानक चलचित्र देखाइने बताउनुभयो । विभिन्न सामाजिक मुद्दाका दुई विधामा सामूहिक छलफल हुने उहाँले उल्लेख गर्नुभयो ।
तीन तहका सरकार र समाजमा दलित समुदायको प्रतिनिधित्व, आवश्यकता र महत्वसम्बन्धी सामूहिक छलफल हुने अध्यक्ष बुढाथोकीले बताउनुभयो । उहाँले यो छलफलले राजनीतिक तथा सामाजिक क्षेत्रमा दलित समुदायको समावेशीकरणसँग सम्बन्धित चुनौती र अवसरलाई उजागर गर्ने लक्ष्य राखिएको उल्लेख गर्नुभयो ।
‘सामाजिक न्याय र समानताको मार्गमा गरिएका प्रगतिका साथै विद्यमान समस्या, समाधानका उपाय र पूरा गर्नुपर्ने चुनौती सम्बन्धी विज्ञहरू, अभियन्ता र सरोकार भएका पक्षको सामूहिक छलफल हुनेछ नाट्यघरका अध्यक्ष बुढाथोकीले भन्नुभयो । उहाँका अनुसार महोत्सवमा करिब एक हजार कलाप्रेमी दर्शक सहभागी हुने अनुमान गरिएको छ ।
कदम नाट्यघरका कला निर्देशक सिजन दाहालले किम्फ घुम्ती महोत्सवअन्तर्गत दमकमा पहिलो पटक यस किसिमको महोत्सव आयोजना गर्न लागिएको बताउँदै यसले यहाँको कला, सम्पदा र परम्पराको संरक्षण र प्रवर्द्धनमा योगदान पु-याउने विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल