+

चलचित्र छायाङ्कनः ‘ड्रोनुकार्यशाला

काठमाडौँ ।  चलचित्र विकास बोर्डको आयोजनामा आजदेखि  १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ ।


कार्यशालाको प्रारम्भ गर्दै बोर्डका अध्यक्ष दिनेश डिसीले नयाँ प्रविधिको प्रयोगबाट गुणस्तरीय चलचित्र निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

कार्यशालामा २५ प्रशिक्षार्थीलाई छनोट गरेर प्रशिक्षण थालिएको बताउँदै उहाँले चलचित्र छायाङ्कनमा ड्रोन प्रयोग भए पनि त्यसलाई चलाउने दक्ष व्यक्तिको कमी पूर्ति गर्न कार्यशाला आयोजना गरिएको बताउनुभयो । 

चलचित्र छायाकार प्रद्युम्न मिश्र, मनकृष्ण महर्जन, निरज कँडेल, स्थिरछविकार राजभाइ सुवाल, कुवेर डङ्गोल, चलचित्रकर्मी शान्ता नेपाली लगायत २५ जना सहभागी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट