+

तुसारेपानीमा चन्दा उठाएर खेलमैदान निर्माण

म्याग्दी ।  मङ्गला गाउँपालिका–१ तुसारेपानीमा  ८० लाख ६२ हजार रुपैयाँको लगानीमा खेलमैदान र सामुदायिक भवन निर्माण भएको छ । 


६७ लाख ३० हजार रुपैयाँमा मनकामना  युवा क्लबले खेलमैदान र  १३ लाख ३२ हजार चार सय ६२ रुपैयाँ लागतमा आमा समूहले सामुदायिक भवन निर्माण गरेका हुन् ।

म¬ङ्गला गाउँपालिका र प्रदेश सरकारबाट ३५ लाख ५० हजार  रुपैयाँ अनुदान प्राप्त भएको खेलमैदान निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका चन्दादाताले .२१ लाख आठ हजार छ सय ५६ र  १० लाख १७ हजार पाँच सय रुपैया क्लबले आन्तरिक लगानी गरेको क्लब अध्यक्ष बेलबहादुर पुर्जाले बताउनुभयो ।

बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने खेलमैदानमा प्यारापिट र स्टेज पनि रहेको छ । व्यवस्थित खेलमैदान भएपछि खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । आमा समूहको भवनलाई भेला, बैठक, भोज, भतेर, तालिम, गोष्ठी सञ्चालनका लागि पनि प्रयोग गर्न सकिन्छ । 

खेलमैदान, भवन र प्रथम तुसारेपानी कप तथा माघे सङ्क्रान्ति मेलाको मङ्गलबार एक समारोहका बीच उद्घाटन गरिएको छ । पूर्वसांसद नरबहादुर पुन, जग्गादाता बुद्धिराम पुन र निर्माण समितिका अध्यक्षसमेत रहेका प्रवेशद्वार निर्माता खड्कबहादुर रोकाले शिला अनावरण गरेर आमा समूहको भवन उद्घाटन गर्नुभएको थियो । 

खेलमैदानको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र तुसारेपानी घर भई हाल अष्टे«लिया बस्नुहुने मुक्तिप्रसाद रोकाले संयुक्त रूपमा शुभारम्भ गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै