काठमाडौँ । नेपाली चलचित्र सफल हुनुको महत्वपूर्ण कारण गीतसङ्गीत पनि मानिन्छ । राम्रो गीतले दर्शकलाई चलचित्र भवनसम्म ल्याउँछ भन्नेहरु पनि छन् । त्यति मात्रै होइन, चलचित्रको प्रचारप्रसारकै लागि पनि गीत प्रभावकारी मानिन्छन् ।
पछिल्लो समय भिडियो शेयरिङ साइट टिकटक र फेसबुकको रिल्स गीत दर्शकसम्म पु¥याउने र चलचित्रको प्रचारप्रसारका लागि गतिलो माध्यम बनेका छन् ।
‘प्रेम गीत’, ‘नाई नभन्नु ल’, ‘म यस्तो गीत गाउँछु’ लगायत चलचित्रलाई सफल बनाउन गीतसङ्गीतको भूमिका महत्वपूर्ण मानिन्छ । यस वर्ष मात्र सफल भएका चलचित्रहरू ‘बोक्सीको घर’ मा समावेश ‘बुझिनँ मैले’, ‘पूर्णबहादुरको सारङ्गी’ मा समावेश ‘काधे खुकुरी’ गीतलाई प्रचारप्रसारको सशक्त माध्यम मानियो । यद्यपि केही समययता गीतसङ्गीतमा उल्लेख्य लगानी भएको पाइँदैन ।
गीतसङ्गीतमा गरिने लगानी अझै बढ्नुपर्ने सङ्गीतकार अर्जुन पोखरेलको बुझाइ छ । उहाँ भन्नुहुन्छ– ‘चलचित्रमा हुने गीतसङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । किनकि यो सुन्नेसँगै हेर्न पनि आकर्षक हुनुपर्छ । गीत अनुसारको दृश्य हुनु जरुरी छ ।’
निर्देशक पुर्नेन्दु झाले चलचित्रको पहिलो प्रचार नै गीतमार्फत हुने बताउनुभयो । उहाँले नेपालसँगै भारतीय चलचित्रलाई प्रचार गरिदिने बलियो माध्यम गीतसङ्गीत रहेकामा जोड दिनुभयो ।
‘चलचित्रको प्रचारप्रसार शुरु नै गीतमार्फत गर्ने प्रचलन छ । किनकि यसले पहिलो प्रभाव पार्छ । त्यसपछि अन्य ट्रेलर लगायत सामग्री सार्वजनिक गर्ने गरेका छौँ’, निर्देशक झाले भन्नुभयो ।
उहाँले आफू निर्देशित पहिलो चलचित्र ‘संरक्षण’को गीतका लागि होलीको माहोल सिर्जना गर्नुभएको थियो । उक्त गीतले नै दर्शकसम्म चलचित्रबारे पहिलो जानकारी पु¥याउन सफल भएको उहाँको विश्वास छ ।
निर्देशक अनिल योञ्जन आफ्ना चलचित्रमा कथा सुहाउँदो गीतसङ्गीत चयन गर्नुहुन्छ । आउँदो एक चलचित्रका लागि उहाँले गीतसङ्गीत निर्माणमा निकै मेहनत गरिरहनुभएको छ । उहाँले दर्शकसम्म आफ्नो चलचित्रका बारेमा गीतले नै जानकारी गराउनाका साथै प्रचार गरिदिने बताउनुभयो ।
‘कथाअनुसार नै गीतको प्रयोग चलचित्रमा हुन्छ । यद्यपि गीत राम्रो छ भने प्रचारका लागि मात्र पनि प्रयोग गर्न सकिन्छ । केही आफ्नै र केही बजारले निर्देशित गरेका गीतसङ्गीतलाई समेटेर चलचित्र तयार गर्ने सोच मेरो छ’ , निर्देशक योञ्जनले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- हुस्सुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
- भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
- सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
- सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति गुरुङसँग सिआइबीको सोधपुछ
- तिब्बतमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुग्यो, १८८ जना घाइते
- चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
- सूर्यदर्शन सहकारी बचत अपचलन: प्रतिवादीहरूको थुनछेक बहस जारी
- पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात
- मङ्गलबारको भूकम्पले नेपालका कहाँ के-के क्षति गर्यो ?
- यी हुन् एमाले केन्द्रीय कमिटीबाट पारित १४ बुँदे विशेष प्रस्ताव