काठमाडौँ। मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक (डिआइजी) को पदावधि मङ्गलबार राति १२ बजेदेखि लागू हुनेगरी एक वर्ष थप गर्ने निर्णय गरेको छ ।
नं एक बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नं तीन गढीमाइ बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नं चार मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा कार्यरत प्रहरी नायब महानिरीक्षक कमल गिरीको एक वर्ष पदावधि थप भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो । गृह मन्त्रालयको प्रस्तावमा चारै जना प्रहरी नायब महानिरीक्षकको पदावधि एक वर्ष थप गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) मा सशस्त्रका प्रहरी महानिरीक्षकको पदावधि चार वर्षको हुने व्यवस्था छ । चारै जना प्रहरी नायब महानिरीक्षक भएको आजै चार वर्ष पूरा हुँदैछ ।
नियमावलीको दफा ६५ कै (ग) को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आइजी) को सिफारिसमा नेपाल सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को पदावधि चार वर्षपछि एक वर्ष थप गर्न सक्ने उल्लेख छ । यसै व्यवस्था अनुसार आजको मन्त्रिपरिषद् बैठकले चारै जना प्रहरी नायब महानिरीक्षकहरूको पदावधि एक वर्ष थप गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लेखा समिति सभापति पोखरेलपत्नी अन्जला १० लाख धरौटीमा रिहा
- सूर्यदर्शन सहकारी ठगी प्रकरण स् प्रतिवादीको बहस सकियो
- कांग्रेसलाई निर्वाचनको होइन, देशको चिन्ता छ : महामन्त्री शर्मा
- बढ्दो मानव–हात्ती द्वन्द्व : २० वर्षमा दुई सय ७४ जनाको मृत्यु
- शीतलहरका कारण तराईको जनजीवन कष्टकर
- आर्थिक आयोगले सरकारलाई बुझायो प्रतिवेदन, के के छन् सुझाव ?
- क्रिकेट रङ्गशालाका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन
- अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन
- लेखा समिति सभापति पोखरेलकी पत्नी अञ्जला अदालतमा हाजिर
- आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित