
ललितपुर । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन हुनुभएका शाक्यको बौद्ध धर्म परम्पराअनुसार सोमबार दिउँसो साढे एक बजे शङ्खमूलस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
उहाँको पार्थिव शरीरमा जेठा छोरा महेन्द्र शाक्यले दागबत्ती दिनुभयो । त्यस अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आर्यघाट पुगेर पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गर्नुभयो । साथै नेपाल प्रहरीको टुकुडीले गारत सम्मानसहित सलामी अर्पण गरेको थियो ।
अन्त्येष्टिमा लोकसेवा आयोगका प्रमुख माधवप्रसाद रेग्मी, आयोगका सदस्य, पूर्वअध्यक्ष दिनेशचन्द्र थपलिया, संविधानसभाका सदस्य मदनबहादुर अमात्य, बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनाल, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृतसहितका व्यक्तित्व साथै स्थानीयको सहभागिता थियो ।
नेपाल कानुन समाजका अध्यक्षसमेत रहनुभएका शाक्य क्यान्सरसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षको उमेरमा निधन भएको हो । उहाँ डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्कनुभएको थियो । नेपालको कानुनको मस्यौदामा दख्खल प्राप्त गर्नुभएका उहाँ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत हुनुभएको थियोे ।
स्व शाक्यका दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको श्रीमतीको करिब तीन महिनाअघि मात्रै निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन