
कालीकोट । दुर्गम जिल्ला कालीकोटको पनि विकट गाउँ नरहरिनाथ गाउँपालिकामा पहिलो पटक स्वास्थ्य शिविर भएको छ ।
गाउँपालिकाको वडा नम्बर ७ उच्छवमा स्वास्थ्य शिविर गरिएको हो । उच्छव गाउँमा पहिलो एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरेर विभिन्न बिरामीको स्वास्थ्य जाँच गरिएको छ । गाउँमा पहिलो पटक स्वास्थ्य शिविरको आयोजना भएको भन्दै यस्ता शिविरमार्फत वृद्धवृद्धाले सेवा लिन सहज हुने नरहरिनाथ–७ का ७५ वर्षीया रामबहादुर बोहोराले बताउनुभयो । समयसमयमा स्थानीय सरकारले यस्ता शिविर आयोजना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘मैले पहिलो पटक गाउँमा नै स्वास्थ्यकर्मी आएर शिविर चलाएको देखेँ’ बोहोराले भन्नुभयो– ‘अहिलेसम्म गाउँमा स्वास्थ्य शिविर सञ्चालन भएको थिएन ।’
गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाले आयोजना गरेको शिविरमा अल्ट्रा साउण्ड, आँखाको परीक्षण, गर्भवती जाँच, प्रयोगशाला सेवा बहिरङ्ग सेवालगायत स्वास्थ्य परीक्षण गरिएको शाखा प्रमुख मानबहादुर सहकारीले बताउनुभयो । उहाँका अनुसार शिविरमार्फत ३ सय ४२ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
‘शिविरमा आँखाको परीक्षणअन्तर्गत ६० जनाले सेवा लिएकामध्ये मोतियाबिन्दु तीन, एलर्जी ११ र बाँकीमा सामान्य समस्या देखियो’ प्रमुख सहकारीले भन्नुभयो– ‘गर्भवती स्वास्थ्य परीक्षण १० जनाले गरेका छन् ।’ उहाँका अनुसार खकार जाँच ५४, एचआइभी जाँच तीन, हेपाटाइटिस बि १२, युपिटी एक र भिडिआरयल १२ जनाले परीक्षण गरेका छन् ।
बहिरङ्ग सेवाअन्तर्गत सामान्य जाँच एक सय ९० जनाले गरेका सहकारीले बताउनुभयो । उहाँका अनुसार हाइपरटेन्सन पाँच जनामा देखिएको थियो । उहाँले भन्नुभयो– ‘स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको बस्तीमा पहिलो पटक स्वास्थ्य शिविरको आयोजना गरेका हौँ ।’
नागरिकको स्वास्थ्य सेवा र पहुँच विस्तारलाई पहिलो प्राथमिकतामा राखेर पहिलोपटक उच्छव गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताउनुभयो । ‘हामी नागरिकको स्वास्थ्य अवस्थाका विषयमा चिन्तित छौँ’ उहाँले भन्नुभयो– ‘त्यसैले दुर्गम गाउँमा आएर शिविर सञ्चालन गरेका हौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन